स्वर्णिमको ‘भद्र विद्रोह’बाट विक्षिप्त कांग्रेसजनको अभद्र चित्कार र गगनभेदी कुसंस्कार
स्वर्णिम वाग्लेले ५० वर्षयता पारिवारिक विरासत गाँसिएको र केही वर्षयता आफूलाई सार्वजनिक पहिचान र अवसरसमेत दिएको नेपाली कांग्रेस अप्रत्याशित रुपमा छोडे, किन ?
उनैले मुख्य तीन कारण उल्लेख गरेका छन् ।
पहिलो- पछिल्ला वर्षमा कांग्रेसका गतिविधिले स्वाभीमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आयो ।
दोस्रो- कांग्रेस दाइ-भाउजू र साला-भतिजको अक्षम गिरोहमा परिणत भयो ।
तेस्रो- बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बेला भयो ।
कांग्रेस त्याग्नुलाई ‘भद्र राजनीतिक विद्रोह’ भनेका स्वर्णिमले त्यसयता पूर्वपार्टीबारे नकारात्मक टिप्पणी गरेका छैनन् । ‘कांग्रेसप्रति केही गुनासा थिए । जनताबीच जाने चाहनालाई स्वीकार गरिएन । उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव आयो, छोडे’, स्वर्णिमले हालसम्म बताएको यत्ति हो । कांग्रेस छोड्ने निर्णय गरेको दिन सामाजिक सञ्जालमा ‘कांग्रेस दाइ-भाउजू र साला-भतिजको अक्षम गिरोहमा परिणत भयो’ भनेर लेख्नुबाहेक उनले कांग्रेसका कुनै नेताप्रति अभद्र टिप्पणी गरेका छैनन् । आरोप लगाएका छैनन् ।
कांग्रेस छोड्दा पनि स्वर्णिम ‘कुल’ नै देखिन्छन् । तर, कांग्रेसीजन ? कांग्रेसीजनलाई नै औडाह भएको छ । तिनका प्रतिक्रिया सुन्दा–पढ्दा लाग्छ, स्वर्णिमले कांग्रेस छोडेर ठूलै अपराध गरे ।
पार्टी छोड्नु पर्दाको पीडाले एकान्तमा ‘गर्भे-कांग्रेस’ स्वर्णिम छटपटाए नै होला । र, सार्वजनिक रुपमा कालो मुख बनाएका छैनन् । पूर्ववत भावभंगीमै र शैलीमै देखिन्छन् ।
अहिलेको हस्याङ-फस्याङ सकिएपछि कुनै दिन ठण्डा दिमागले आफूले रोजेको नयाँ बाटोबारे उनले पक्कै आत्मसमीक्षा गर्लान् । तर, उनले भनिसकेका छन्- ‘मेरो पछाडि फर्किने स्वभाव छैन ।’
कांग्रेस छोड्दा पनि स्वर्णिम ‘कुल’ नै देखिन्छन् । तर, कांग्रेसीजन ? कांग्रेसीजनलाई नै औडाह भएको छ । तिनका प्रतिक्रिया सुन्दा-पढ्दा लाग्छ, स्वर्णिमले कांग्रेस छोडेर ठूलै अपराध गरे ।
कांग्रेसीजनका तीव्र प्रतिक्रियाले स्वर्णिमप्रति विश्वस्त हुने र भरोसा राख्ने सानै भए पनि जमात कांग्रेसभित्र रहेछ भन्ने स्पष्ट हुन्छ । उनको क्षमता र व्यक्तित्वले केही कांग्रेसीलाई आकर्षित गर्दै थियो भन्ने पनि बुझिन्छ । कांग्रेसीजन त शेरबहादुर देउवा वा गगन थापाले पार्टी छोडे जसरी बर्बराइरहेका छन् । अब कांग्रेस सकियो भने जसरी ।
०००
केही वर्षयता मात्रै सक्रिय भएको, पार्टीमा खासै परिभाषित जिम्मेवारी नभएको, पार्टीले एकथान टिकट पनि नपत्याएको एउटा ‘चुत्थो’ कार्यकर्ताको बर्हिगमनलाई कांग्रेसीजनले आलोचना नै गरेर भए पनि किन यत्तिको महत्व दिएका होलान् ?
जब आश गरेको, भर गर्न सक्ने मान्छे टाढिन्छ नि तब नजिककालाई छटपटी हुन्छ । असाध्य पीडा हुन्छ । कांग्रेसीजनमा अहिले छटपटी देखिनुको कारण पनि त्यही हो सायद ।
सायद तत्कालीन अवसरभन्दा पनि भविष्य देखेरै होला, स्वर्णिमले ‘मान्छे’ र ‘पार्टी’ नठानिएकै कित्ता रोजे । अर्थात् उनले जनसमर्थनबाहेक आफूभन्दा कमजोर रविलाई नै नेता स्वीकारे ।
जब दल विचार, विधि-पद्धति र नीतिविहीन हुँदै साइनबोर्डमा मात्रै खुम्चिन थाल्छन् । र, नेतृत्वप्रतिको विश्वास क्रमशः टुट्छ । तब, दलका प्रतिबद्ध कार्यकर्ता सामूहिकताले होइन व्यक्तिले रुपान्तरण गर्छ कि भन्ने निष्कर्षमा पुग्छन् ।
कांग्रेसको ठूलो पंक्ति गगन, विश्वप्रकाश, स्वर्णिम, गोविन्दराज, गुरु र प्रदीपहरुले ढिलो-चाँडो कांग्रेसलाई ‘ट्रयाक’मा ल्याउँछन् भन्नेमा आशावादी थियो । तर, आश गरिएको समूहलाई ‘खुराक’ दिने स्वर्णिमले नै बाटो मोडेपछि कांग्रेसीजनमा यत्तिको छटपटी हुनु स्वाभाविकै हो । गोविन्दराज र गुरुहरुले पनि स्वर्णिमकै पाइला पछ्याउने सम्भावनाको तस्वीर थप प्रस्ट हुँदा कांग्रेसीजन थप आत्तिएका छन् ।
आत्तिँदा, विश्वास टुट्दा वा मन थिरमा नहुँदा मान्छेले जे पनि बोल्छ । कांग्रेसीजनले स्वर्णिमको निन्दा गर्नुको मूल कारण यही हो । स्वर्णिमले कांग्रेस नै सके जसरी बर्बराइरहेका छन्, कांग्रेसीजन । कांग्रेसको पैरवी गर्ने ‘पत्रकार’ र ‘बुद्धिजीवी’ त लगभग पागल नै भएका छन् । सामाजिक सञ्जालमार्फत् वर्षाएको गाली, गरेको निन्दा हेर्दा लाग्छ, यो देशमा सबैभन्दा अभद्र, अराजक र असहिष्णु भनेकै कथित पत्रकार र बुद्धिजीवी हुन् । स्वर्णिमलाई हिजोसम्म ‘भगवान’ ठान्ने यही जमात अहिले उनलाई ‘राक्षस’ करार गर्न उद्यत छ । किन ?
किनकि त्यो समूह स्वर्णिमले कांग्रेस छोडेकोमा भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी रोजेकोमा ‘सक्ड’ छ । पाँच÷छ महिनामै पार्टी बनाएर, चुनाव लडेर, जनताले पत्याएर रास्वपालाई संसदको चौथो शक्ति बनाउँदासम्म पनि रवि लामिछानेलाई ‘मान्छे’ र रास्वपालाई ‘पार्टी’ नठान्ने अझै धेरै छन् यहाँ ।
सायद तत्कालीन अवसरभन्दा पनि भविष्य देखेरै होला, स्वर्णिमले ‘मान्छे’ र ‘पार्टी’ नठानिएकै कित्ता रोजे । अर्थात् उनले जनसमर्थनबाहेक आफूभन्दा कमजोर रविलाई नै नेता स्वीकारे । रविको पक्षघरता लिनु नै अपराध ठानिने यो बेला स्वर्णिमले रविलाई ‘अपवाद’ ठानेर रोजे । कांग्रेसीजनलाई त्यो पच्ने कुरै थिएन, पचेन पनि ।
अरुको फड्को मार्ने चाहना जायज । अनि स्वर्णिमको चाहिँ अवसरवाद ? क्या तर्क छ, कांग्रेसीजनको ! केहीको चाहना राख्नु अवसरवाद हो भने देउवा, गगनहरु चाहिँ अवसरवादी होइनन् ? अझ देउवा त फेरि प्रधानमन्त्री हुने अवसरको खोजीकै लागि एमालेसँग नजिकिँदैछन् ।
कांग्रेसीजनले त पार्टी छोडेका कारण स्वर्णिमको उछित्तो काढे, ठीकै होला । तिमीहरुले चाहिँ किन विरोध गरेको भनेर सामाजिक सञ्जालमा लेख्ने एमाले र माओवादी केन्द्रका ‘क्याडर’लाई सोध्दा उनीहरुमा पनि रविविरोधी भावनाले नै काम गरेको पाइयो ।
‘कांग्रेस छोडेर त्यो रविको पार्टीमा किन गएको, हाम्रो पार्टीमा आएको भए पनि हुन्थ्यो, कस्ता-कस्ताले चुनावको टिकट पाएका छन्, उनले पनि पाउँथे नै ।’
कुराकानी गरिएकामध्ये करिब ७० प्रतिशत एमाले र माओवादी केन्द्रका ‘क्याडर’ले यस्तै बताए । यसले कांग्रेसमा त हुने नै भयो, एमाले र माओवादी केन्द्रमा पनि स्वर्णिमप्रतिको आकर्षण रहेछ भन्ने बुझाउँछ ।
धेरैका अनुसार आश गरेको मान्छे स्वर्णिमले आश नगरेको पार्टी रास्वपा रोज्नु गलत भयो रे !
०००
धेरै कांग्रेसीजनको आरोप छ, स्वर्णिम अवसरवादी भए । यो संसारमा अवसर नखोज्ने मान्छे को होला ? शेरबहादुर देउवा अझै प्रधानमन्त्री हुने अवसरको खोजीमा छन् । गगन थापाले प्रधानमन्त्री हुने चान्स आइहाल्छ कि भनेर देउवासँगै संसदीय दलको नेतामा प्रतिस्पर्धा गरे ।
मंसिरको चुनावमा टिकटका लागि कांग्रेसभित्रै लुछाचुँडी भयो । अहिले मन्त्री बन्न मारामार छ । एउटा टोल समितिको औसत कार्यकर्ता वडामा, वडाको पालिकामा, पालिकाको क्षेत्रमा, क्षेत्रको जिल्लामा, जिल्लाको प्रदेशमा, प्रदेशको केन्द्रमा उक्लिन चाहन्छ । संसदीय फाँटमा पनि यस्तै हो ।
अरुको फड्को मार्ने चाहना जायज । अनि स्वर्णिमको चाहिँ अवसरवाद ? क्या तर्क छ, कांग्रेसीजनको ! केहीको चाहना राख्नु अवसरवाद हो भने देउवा, गगनहरु चाहिँ अवसरवादी होइनन् ? अझ देउवा त फेरि प्रधानमन्त्री हुने अवसरको खोजीकै लागि एमालेसँग नजिकिँदैछन् ।
योगदान नै नगरेको मान्छेले पार्टी छोड्दा, स्वर्णिमले पाउन सक्ने अवसर अतुलनीय योगदान गर्ने अर्का नेताले पाउँदा झन राम्रो भएको होला नि ! कुचोले बढार्नुपर्ने कसिंगर हावाले उढाइदिँदा झन खुशी हुनुपर्ने कांग्रेसीजन दुःखी पो भएका छन् । किन होला ?
कांग्रेसमा हुँदा स्वर्णिमले के गरे भन्ने धेरै कांग्रेसीजनको प्रश्न रहेछ । गरेनन् पनि होला । योगदान नै नगरेको मान्छेले पार्टी छोड्दा, स्वर्णिमले पाउन सक्ने अवसर अतुलनीय योगदान गर्ने अर्का नेताले पाउँदा झन राम्रो भएको होला नि ! कुचोले बढार्नुपर्ने कसिंगर हावाले उढाइदिँदा झन खुशी हुनुपर्ने कांग्रेसीजन दुःखी पो भएका छन् । किन होला ?
स्वर्णिमको बहिर्गमनमा कांग्रेसीजन अति नै हतास भएको अर्को सन्दर्भ हो, उनको ४९ सेकेण्डको भिडियो । जसलाई, ‘बौद्धिक’ भनिने एउटा तप्काले बद्नामीका लागि धेरै प्रयोग गर्यो । बीपी बराबरको नेता कांग्रेसले भविष्यमा पनि पाउँदैन भनेर ठोकुवा गर्न बीपीकै समाजवादको अध्ययन गरिराख्न पर्दैन । यति भन्न कांग्रेसको सामान्य कार्यकर्ता पनि हुनुपर्दैन । अझ बीपी र रविको तुलना त मानसिक सन्तुलन ठीक भएको मान्छेले झन गर्दै गर्दैन । स्वर्णिमले के गर्थे !
तर, ‘हाम्रा महामानवलाई रवि जस्तो तुच्छसँग दाँज्ने ?’ भनेर कांग्रेसीजनले स्वर्णिमको बद्नाम गर्ने भगीरथ प्रयास गरे । स्वर्णिमले कुन सन्दर्भमा, के भनेका हुन् भन्ने यकिनै नगरी कानै नछामी कागको पछि दौडिए धेरै कांग्रेसीजन । र, केही ‘बौद्धिक’ ।
४९ सेकेण्डको त्यो भिडियोमा स्वर्णिमले यसो भनेका रहेछन्ः
‘एउटा चाहिँ असाध्यै नराम्रो । हैन, त्यो बीपी कोइरालाको कांग्रेस अब रहेन । त्यसले अबको नयाँ यो अहिलेको… वास्तवमा तुलनै गर्ने हो भने रविजी २०१५ सालको बीपी कोइरालाले नेतृत्व गरेको, त्यो भिजन भएको, ऊर्जा भएको, आदर्श बोकेको, यो देशलाई एउटा निश्चित समय-सीमाभित्र यहाँ पुर्याउँछु भन्ने हुटहुटीका साथ (रवितर्फ फर्केर) त्यो तपाईंको नेतृत्वमा ऊर्जा र भिजन देखिराख्या छ नि… तुलना गर्न मिल्छ । त्यो बीपी कोइरालाको क्षयीकरणको एकमानेमा तरुण… त्यति बेलाको क्रान्ति गरेर आएको ।’
पूरक प्रश्नः बीपी कोइरालासँग तुलना गर्नुभएको रविजीलाई ?
उत्तरः ‘होइन, मैले त्यो ऊर्जा र हुटहुटी…, एउटा महात्वाकांक्षा, देशलाई यहाँ पुर्याउँछु भन्ने त्यो मिसनमा चाहिँ केही तुलना गर्न खोजेको ।’
आम कांग्रेसीजनको भन्दा महामन्त्री गगन थापाको सोचाइ, विचार र दृष्टिकोण फराकिलो होला भन्ने अपेक्षा गरिन्छ । कांग्रेसका टोले कार्यकर्ता र महामन्त्रीको शैली र बोली उस्तै होला भन्ने कल्पनासमेत गरिन्न । तर, गगन त कार्यकर्ताभन्दा पनि कच्चा रहेछन् ।
आफू अनुकूल स-प्रसंग व्याख्या वा संक्षिप्त टिप्पणी गर्ने छुट त सबैलाई छँदैछ । अझ कांग्रेसका संस्थापक नेताको नामसमेत जोडिएको सन्दर्भ भएकाले कांग्रेसजनलाई थप छुट हुने नै भयो ।
०००
आम कांग्रेसीजनको भन्दा महामन्त्री गगन थापाको सोचाइ, विचार र दृष्टिकोण फराकिलो होला भन्ने अपेक्षा गरिन्छ । कांग्रेसका टोले कार्यकर्ता र महामन्त्रीको शैली र बोली उस्तै होला भन्ने कल्पनासमेत गरिन्न । तर, गगन त कार्यकर्ताभन्दा पनि कच्चा रहेछन् ।
स्वर्णिम, केही दिन अघिसम्मका लगौंटी यार भए पनि पार्टीगत जिम्मेवारीका कारण गगनले स्वर्णिमको पक्ष लिन सक्दैन थिए, सक्दैनन् । तनहुँ–१ मा रुख चिन्हका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा प्रचार गर्नु, मत माग्नु गगनको स्वाभाविक जिम्मेवारी र कर्तव्य हो । र, उनले उम्मेदवारी मनोनयनको दिन त्यो धर्म निर्वाह गरे ।
तर, स्वर्णिमका लागि मंसिरको चुनावमा आफ्नो क्षेत्र (काठमाडौं ४) नै छोड्न तयार भएको भनिएर प्रचार गरिएका गगनले चैत २० गते तनहुँ पुगेर स्वर्णिम लक्षित गरेर जे-जे भने त्यो गगनस्तरको होइन, कांग्रेसको टोले कार्यकर्ता तहको थियो । उनले त्यहाँ मुख्य दुई कुरा गरेः
पहिलोः जागिर खाएर, पेन्सन पकाएर, घर-गृहस्थीको बन्दोबस्ती गरेर होइन सडकमा लडेर, छातीमा ढुंगा र गोली थापेर, जेलनेल खेपेरमात्रै राजनीतिमा आउनुपर्छ ।
दोस्रोः स्वर्णिम टुरिस्ट उम्मेदवार हुन् ।
मंसिरमा आफैं चुनाव लड्न सिरहा जान तयार भएको र तनहुँका प्रदीप पौडेललाई काठमाडौं ल्याउन भूमिका खेलेका गगनले मस्र्याङ्दी पारिका स्वर्णिमलाई तनहुँमा ‘टुरिष्ट’ उम्मेदवार भन्न भ्याए ।
यसले आफूलाई सर्वगुणी सम्झिने, परिवर्तनका ठूल्ठूला कुरा गर्ने गगन जत्तिको नेतामा अझै पनि राजनीतिलाई हेर्ने र राजनीतिमा आउने बाटोबारे उही परम्परागत सोच रहेछ भन्ने प्रस्ट भयो । गगनले त परिस्थितिबस सँगै हुन नसके पनि नयाँ यात्राका लागि स्वर्णिमलाई शुभकामना दिएर भविष्यमा सकारात्मक सहकार्यको अपेक्षा राख्नुपर्थ्यो । तर, उनी कांग्रेसको सबैभन्दा ठूलो दश्मन नै स्वर्णिम हुन् भने जसरी प्रस्तुत भए ।
मंसिरमा आफैं चुनाव लड्न सिरहा जान तयार भएको र तनहुँका प्रदीप पौडेललाई काठमाडौं ल्याउन भूमिका खेलेका गगनले मर्स्याङ्दी पारिका स्वर्णिमलाई तनहुँमा ‘टुरिष्ट’ उम्मेदवार भन्न भ्याए ।
आफूसँग हुँदा सबै जायज, आफूसँग नहुँदा सबै खराब भन्ने भाष्य स्थापित गराउने यो प्रवृत्तिले स्वर्णिमलाई भन्दा गगनलाई नै बढी क्षति गर्नेछ । गगनले स्वर्णिमविरुद्ध अनावश्यक र अतिरञ्जित फायर खोलेर स्वर्णिमलाई नै सहयोग पुर्याउने क्रमको सुरुवात गरेका छन् । गगनले चैत २० को झै निर्वाचन प्रचारका क्रममा ८-१० ठाउँमा स्वर्णिमको उछित्तो काढेर भाषण गरिदिए भने स्वर्णिमका लागि प्रतिस्पर्धा थप सहज हुनेछ । किनकि स्वर्णिमविरुद्ध गगनको भाषणले अन्ततः रुष्ट बनाउने कांग्रेसका मतदातालाई नै हो ।
प्रत्यक्ष नसके पनि गगनले अप्रत्यक्ष स्वर्णिमलाई चुनावमा सघाउने संकेत चैत २० गते नै देखियो । त्यसको निरन्तरतामा स्वर्णिमले बनाउन सक्छन् संसदीय राजनीतिमा ‘स्वर्णिम’ प्रवेशको अवसर ।
राजनीतिक यात्रामा कहीँ कतै पुन भेट हाेला गगनजी भन्ने वाक्यांश नै हाललाई काफी