प्रतिनिधिसभा बैठक बस्दै : कार्य व्यवस्था समितिमा सदस्यहरू मनोनयन हुने
नेपाल प्रेस
२०७९ चैत २३ गते ६:५३
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ ।
बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्य तालिका रहेको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सबन्धी विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्य तालिका रहेको संघीय संसद्को महासचिव भरतराज गौतमले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर