घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रेस
२०७९ चैत २३ गते ११:२३
काठमाडौं । साताको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बुधबार मात्रै प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थिायो ।
त्यस्तै तेजाबी सुन भने प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहहेको महासंघले जनाएको छ
आज चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर