विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको उत्तरपुस्तिका फेरबदल गरेको आरोप लागेकालाई विशेष अदालतले सफाइ दिएपछि सर्वोच्च अदालत पुगेको छ ।
अख्तियारले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
यसअघि विशेष अदालतले कमलप्रसाद दाहाल, तेजनारायण चौधरी, हिरा कटुवाल र जानुका आलेमगरलाई आरोपबाट सफाइ दिएको थियो । विशेषले फैसला गरेको ५ महिनापछि अख्तियारले पुनरावेदन गरेको हो ।
आरोपितलाई इन्कारी बयानकै आधारमा सफाइ दिएको, उत्तर पुस्तिका एउटै व्यक्तिले लेखेको विशेषज्ञले राय दिए पनि कसले लेखेको भनेर भन्न नसकेकोलगायतलाई आधार मानेर आरोपितलाई मागदाबीअनुसारको सजाय हुनुपर्ने पुनरावेदनमा उल्लेख छ ।