माओवादीका दुई घटकबीच पार्टी एकता, मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला एकै ठाउँमा उभिए – Nepal Press

माओवादीका दुई घटकबीच पार्टी एकता, मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला एकै ठाउँमा उभिए

काठमाडौं । माओवादीका दुई घटक दलबीच एकता घोषणा भएको छ । इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज एक कार्यक्रम गरेर मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतबीच एकता भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाबाट बाहिरिँदै बास्तोलाले नेकपा बहुमत खोलेका थिए । विप्लव पनि वैद्य समूहबाटै अलग भएका थिए ।

कार्यक्रममा मोहन वैद्य, सीपी गजुरेल, धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीलगायतका नेताहरु उपस्थित थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माओवादी घटक एक गर्ने प्रयास असफल भइरहेको बेलामा साना दुई घटक मिलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर