जनप्रतिनिधिबाटै विभेद हुनु समग्र दलितको मर्म र भावनामाथि प्रहार हो : सांसद विक
नेपाल प्रेस
२०७९ चैत २४ गते १५:०५
काठमाडौं । नेपाली कांग्रेसका सांसद शान्ति बिकले जनप्रतिनिधिबाट नै विभेद हुनु ६० लाख दलित समुदायको मर्म र भावनामाथि प्रहार भएको बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले जातीय विभेदविरुद्ध कानून भए पनि शिक्षित र सभ्य समाजको मस्तिष्कमा कोरिन नसकेको बताइन् । समाजमा जातीय विभेद अझै पनि यथावत रहेको तर विभेदका स्वरुपमात्रै फेरिएको उनको भनाइ छ ।
सांसद बिकले भनिन्, ‘सदियौंदेखि विभेदको पीडा एक पटक हाम्रो ठाउँमा राखेर अनुभव गर्नुहोस् । समाजमा सम्मानपूर्वक बाँच्न नपाउनुको अवस्था दुई दिनमा बुझ्न सक्नुहुन्छ ।’
प्रतिक्रिया