गैरीगाउँमा महानगरकाे डोजर राेक्न टायर बालेर सुकुम्बासीकाे अवराेध (तस्बिरहरु)
२०७९ चैत २४ गते १५:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने हल्ला चलेसँगै स्थानीयहरु विरोधमा उत्रिएका छन् । उनीहरु समूहमा भेला भएर महानगरले बस्ती भत्काउन आए प्रतिकार गर्ने तयारीका साथ बसेका छन् ।
स्थानीयले सडकमा टायर बालेर अवराेध गरेका छन् ।
उनीहरुले बाटो टायर राखेर अवरोध सिर्जना गरेका हुन् । यसबारेमा महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई फोन गर्दा सम्पर्क भएन ।
महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काउने रणनीति लिएको छ । यसअघि पनि विभिन्न स्थानका संरचना भत्काउनेदेखि काठमाडौंका बाटोमा रहेका पार्किङ खाली गराउने कार्य गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर