एनआईसी एशियाका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

२०७९ चैत २४ गते १६:४६

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट दिने समझदारी भएको छ ।
शुक्रबार समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह-संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार बैंकमा खाता भएका ग्राहकले मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग एवं बैंकका कर्मचारीले डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुने बैंकले बताएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर