यौनशिक्षाको सामूहिक अनुशिक्षणले फेरिएको किशोरकिशोरी जीवन
रुपन्देही । हाम्रो समाजमा यौनशिक्षा सम्बन्धी जानकारी दिन परिवारभित्रकै सदस्यमा अझै पनि समस्या छ। अज्ञान र अशिक्षाले आफ्नो समस्याको बारेमा प्रस्ट भन्न नसक्ने , बाबुआमाले भोगेका तथा र छोरोछोरीले सुनेका यौनसम्बन्धी जानकारी खुलेर छलफल हुँदैनन् ।
बाबुआमा र छोराछोरीबीच खुलेर साटसाट गर्न हुँदैन भन्ने परम्परा तोडेर स्वास्थ्य सचेतना बढाउन अर्घाखाँचीमा आईपास नेपाल र समाजसेवा तथा वातावरण र संस्कृत संरक्षण समूहले अभियान संचालन गरेपछि धेरै परिवर्तन आएको छ ।
किशोरकिशोरीलाई यसबारे सचेतना बढाएपछि उनीहरुमा परिवर्तन आएको बताएका छन् । यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी भएका विभिन्न तालिममा उनीहरु सहभागी भएपछि आफूहरुमा परिबर्तन आएको उनीहरुले बताए ।
यो अभियानमा सहभागी इसा बसेलले भनिन् – म यसको तालिममा सहभागीपछि गाउँ,समाज र परिबारमा प्रजनन् स्वास्थ्यसम्बन्धी खुलेरै मैले सिकेका कुरा सिकाउँछु, त्यो आँट र हिम्मत आएको छ’ उनले भनिन्– ‘बुबाआमा काकाकाकी, दाजुभाउजु तथा साथीभाइलाई समेत प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी गराउँछु ।’
गाउँसमाजमा धेरै यस्ता विषय नजानेका कारण समस्या भएको बताउँदै उनले किशोरकिशोरीमैत्री केन्द्र विद्यालयमा सञ्चालन गर्नका लागि प्रयास गर्ने बताइन् । साथीहरूमाझ आफ्ना यौन जिज्ञासा, प्रजनन् स्वास्थ्य र किशोर किशोरीमा हुने स्वास्थ्य जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा छलफलका लागि जनचेतना जगाउने इसाले बताइन् ।
उनले यो अभियानले आफूमा परिवार नियोजनका साधनको उपयोगबारे पनि जानकारी गराउन सक्ने र गाउँघरका अन्य व्यक्तिलाई भेटेर आफ्नो समस्याबारे बताउनका लागि सल्लाह दिएर स्वास्थ्यचौकी जानको लागि आग्रह गर्ने र परिवार नियोजनका अस्थायी र स्थायी साधनको बारेमा सबैलाई जानेको कुरा सिकाउने सुरक्षित गर्भपतनको बारेमा सबैलाई जानकारी गराउने बताइन् ।
यो अभियानमा सहभागी विद्यार्थी आरती परियारले तालिमपछि विद्यालयमा यौनशिक्षा, प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी दिनसक्ने भएको बताइन् । ‘सुरु सुरुमा मलाई पनि लाज लाग्यो । तर तालिममा सहभागी भइसकेपछि समाजमा मैले जानेका कुरा भन्नै पर्ने रहेछ भन्ने अठोट आएको र अब गाउँघरमा अस्थायी परिवार नियोजनका साधनको बारेमा, यसको प्रयोगको फाइदा बेफाइदाको बारेमा सबैलाई सचेतना जगाउने उनको भनाइ छ ।
तालिममा दिइएको यौन तथा प्रजजन् शिक्षाले किशोरीलाई विद्यालयको पढाई नछाड्न मद्दत पुगेको तालिमा सहभागी पाणिनी गाँउपालिका वडा न ८ कमला माध्यमिक विधालय कक्षा १० मा अध्ययनरत अस्मिला खातुनले बताइन् । उनले आफ्नो समुदायमा अझै पनि अज्ञानता अशिक्षाको कारणले गर्दा कम समयमा विवाह गर्ने परम्परा रहेकोले त्यसको अन्त्य गर्नको लागि विद्यालय समाजमा रुपान्तरण गर्नको लागि महत्वपूर्ण प्रेरणा मिलेको बताइन् ।
विद्यालयमा पनि प्रजनन् स्वास्थ्यसम्बन्धी छलफल र बहस गर्ने वातावरण तयार गर्न प्रयत्न गर्ने उनको भनाइ छ । तालिममा सहभागी निकिता पन्थीले तालिमपछि आफूमा धेरै उत्प्रेरणा आएको बताउँदै कम उमेरमा बच्चा जन्माउनुहुँदैन, परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ र यौनशिक्षाबारे विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक र विद्यालयका किशोरकिशोरीलाई अभिमुखीकरण गर्ने बताइन् ।
तालिममा सहभागी मालारानी गाउँपालिका वडा न ७ का ज्ञानचन्द्र भुसालले आफ्ना साथीमाझ किशोर अवस्थामा यौन, प्रजनन् स्वास्थ्य र यौनिकताबारे छलफल चलाउनको लागि प्रेरणा मिलेको बताए । भुसालले अब आफूले तालिममा सिकेको किशोर–किशोरीलाई समयमै आफ्नो जिम्मेवारी बोध गराउनको लागि विद्यालयमा प्रजनन् स्वास्थ्यबारे खुलेर छलफल गर्न सिकाइलाई अरुलाई बाँड्ने बताए ।
यौन तथा प्रजजन् स्वास्थ्य सम्वन्धी जानकारी गराउनको लागि अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका, भुमिकास्थान नगरपालिका, पाणिनि गाउँपालिका, शीतगंगा नगरपालिकाका १९ वर्षसम्मका २२ जना किशोरकिशोरीलाई यसरी तालिम दिइएको हो । प्रशिक्षक आइपास नेपालका केन्द्रीय कार्यक्रम संयोजक जीवन देबकोटाले यस्ता प्रशिक्षणले ग्रामीण क्षेत्रमा आउने धेरै जटिल समस्या समाधान हुने र स्वास्थ्य समस्याका बारेमा समेत विद्यार्थीले परिवार र समाजलाई सचेत बनाउने बताए ।
आईपास नेपालका लुम्विनी प्रदेशका कार्यक्रम सयोजक बिष्णु देबकोटाले गरेको अनुशिक्षणले आफ्नो जीवनको स्वरुप परिबर्तन गरेको र आफूले अब गाउँसमाजमा यौन तथा प्रजजन् स्वास्थ्यको बारेमा जानकारी गराउनको लागि उत्प्रेरणा मिलेको बताए । जिल्ला स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले नकारात्मक बानी र स्वभाव भएका किशोरकिशोरी भविश्यका समाज परिबर्तनका अगुवा भएकोले यस्ता तालिम अनिवार्य रहेको बताए ।
जिल्लाका ६ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका १९ बर्षसम्मका किशोरकिशोरीलाई अहिले समावेश दिएको भएतापनि पछि ६ बटै स्थानीय तहका किशोरकिशोरीलाई तालिम दिइने कार्यक्रम अधिकृत आदर्श अधिकारीले बताए ।
जिल्लाका अन्य स्थानीय तहको तुलनामा यस स्थानीय तहमा केही पछटौपन बढी रहेकोले अग्रसर गराउनको लागि तालिम दिइएको समाजसेवा तथा बाताबरण र सस्कृति सरक्षण समूह अर्घाखाँचीकी कार्यकारी प्रमुख लक्ष्मी अधिकारी पौडेले बताइन् । सस्थाका अध्यक्ष लक्ष्मण भट्टाराईले यस्ता कार्यक्रममा अझ प्रभावकारी बनाउन सबै क्षेत्रबाट आएका सुझावका आधारमा नयाँ रणनीति बनाइने बताए ।