नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशको अध्यक्षमा डा. यादव सर्वसम्मत

२०७९ चैत २६ गते ६:४२

जनकपुरधाम । नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशको अध्यक्षमा डा. विनोद कुमार यादव सर्वसम्मत चयन भएका छन् ।
जनकपुरमा आज भएको एशोसिएसनको तेस्रो साधारण सभा तथा अधिवेशनबाट डा. यादव अध्यक्षमा चयन भएका हुन् । उनको अध्यक्षमा ११ सदस्यीय प्रदेश समिति चयन गरिएको छ ।
समितिका उपाध्यक्षमा डा. भरत झा, सचिवमा डा. पवन कुमार झा, सह(सचिवमा डा. सुभाष कुमार सिंह, कोषाध्यक्षमा डा. अमर कुमार महतो निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा डा. जितेन्द्र कुमार साह, डा. हरिन्द्र गुप्ता, डा. सुभाष झा, डा. निरन्जन यादव, डा. जयकिशोर यादव र डा. सुरेन्द्र कुमार कापर निर्वाचित भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर