रुकुम पूर्व : दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ, गहना लुटेर हत्या गरिएको आशंका – Nepal Press

रुकुम पूर्व : दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ, गहना लुटेर हत्या गरिएको आशंका

सुर्खेत । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ रन्मामा दिदीबहिनी मृत भेटिएको घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रण लिएको छ ।

गत चैत २२ गते घरबाट सिस्नु टिप्न गएका दिदीबहिनी १० वर्षीया रिना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर घर नआएपछि उनीहरूको आफन्तले खोजी गर्दा १ सय मिटर तल भिरमा शव भेटिएको थियो ।

मृतक दिदीबहिनीले लगाएको सुनको गहना लुटपाट गरिएको र सुनको लागि नै घटना भएको हुने सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार नाक र कानका गहना लुटेर उनीहरूको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिवार पोष्टमार्टम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर