गोविन्द आचार्य प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त – Nepal Press

गोविन्द आचार्य प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका आचार्य प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएका बेला पनि प्रेस सल्लाहकार थिए ।

मन्त्रिपरिषदको बैठकले आचार्यलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । यसअघि प्रेस विज्ञका रूपमा मनहरी तिमिल्सिना नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर