खुमल्टारको पोष्टमा आधा दर्जन बढी गोल गर्दै छैटौं स्थानमा उक्लियो मछिन्द्र
काठमाडौं । ओलावाले अफिजको ह्याट्रिकसहित पाँच गोलमा नबप्रवेशी एफसी खुमलटारलाई ७-२ गोलको नतिजामा पराजित गर्दै साविक विजेता मछिन्द्र फुटबल क्ल्ब सहिद स्मारक ए डिभिजन लिगको छैठौं स्थानमा उक्लिएको छ ।
च्यासल रंगशालामा सम्पन्न खेलमा छिन्द्रलाई जित दिलाउन ओलावाले एक्लैले पाँच गोल गरे । भने, बिमल घर्ती मगर र बिजय भुजेलले एक-एक गोल थपे ।
खुमलटारका मेसुके ओल्मोउले दुई र स्टेफेन बिनङले एक गोल फर्काएका थिए ।
जितसँगै ८ खेलमा समान तीन जित, बारबारी र दुई हारको नतिजासहित मछिन्द्र १२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित खुमल्टार ८ खेलमा दुई जित १ बराबरी र पाँच हारको नतिजासहित ७ अंक जोडेर १०औं स्थानमा रहेको छ ।
आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्प्न्न खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई ३–१ गोलको नतिजामा पराजित गर्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।