वाणिज्य विभाग महानिर्देशकमा सहसचिव गजेन्द्रकुमार ठाकुर – Nepal Press

वाणिज्य विभाग महानिर्देशकमा सहसचिव गजेन्द्रकुमार ठाकुर

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ ।

डेढ महिनादेखि रिक्त रहेको विभागमा मधेश प्रदेशमा कार्यरत ठाकुरलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णय गर्दै सोमबारदेखि महानिर्देशको जिम्मेवारी दिएका हुन् ।

तत्कालीन उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तत्कालीन महानिर्देशक महेश भट्टराईको फागुन १५ गते सरुवा गरेका थिए । त्यस यताका डेढ महिना महानिर्देशक विहिन थियो । विभाग नेतृत्व विहीन हुँदा बजार अनुगमनदेखि विभागका दैनिका कार्य प्रभावित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर