रवि लामिछानेको नाङ्गो धरातल
गाउँतिर बुढापाका पुरुषले धोती लगाउँथे । लुगा स्रोतको अभावले मात्र होइन, व्यवहारिक कामको छरितोपनका लागि पनि त्यसलाई स्वाभाविक मानिन्थ्यो । अझै पनि धोती पहिरनमा श्रम गर्ने हजारौं बुढापाका गाउँमा छन् । तर, तीसँग कम्मरमा धोती सिउरिने बलियो कन्दनी हुन्छ । किनकि परिवारका अगाडि, देख्नेका अगाडि आफैंलाई लज्जित बनाउने मनसुवा कसैसँग हुँदैन । आजको राजनीतिमा युवा ‘सेन्टिमेन्ट’ भजाउने तत्वहरू भने कन्दनीविनाको धोतीमा सजिएका छन् । र, रवि लामिछानेले त्यसलाई आफैं नाङ्गै बनेर संस्थागत गर्न खोजिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री हुन पार्टीको ‘कोर टीम’लाई रकम बुझाउनुपर्ने हुनाले मेडिकल व्यापारी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो भर्खरै सार्वजनिक भएको छ । यस प्रकरणले ६ महिनामै नसोचेको ढङ्गले स्थापित भयो भनिएको रास्वपालाई कन्दनीविनाको धोती धरातलमा अर्थात नैतिक दृष्टिले जिरो धरातलमा झारिदिएको छ ।
रास्वपा बनाउनुअघि टेलिभिजन प्रस्तोताका रूपमा स्वयं रवि लामिछानेले विभिन्न घटना सम्बन्धितसँग रकम बार्गेनिङ गर्ने गरेको गाईंगुईं नसुनिएको होइन । तर, उनको कार्यक्रमले बेच्ने मानव संवेदनाका अगाडि त्यसको खासै वास्ता भएन । त्यही संवेदना भड्काउँदै उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविका रूपमा जनतामा आए । र, ६ महिनाबीचमै आफूलाई उपप्रधान एवं गृहमन्त्री सावित गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री हुन पार्टीको ‘कोर टीम’लाई रकम बुझाउनुपर्ने हुनाले मेडिकल व्यापारी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो भर्खरै सार्वजनिक भएको छ । यस प्रकरणले ६ महिनामै नसोचेको ढङ्गले स्थापित भयो भनिएको रास्वपालाई कन्दनीविनाको धोती धरातलमा अर्थात नैतिक दृष्टिले जिरो धरातलमा झारिदिएको छ ।
यसरी, रवि र रवि पार्टीको उपियाँ गति अराजक समाज धरातलको प्रकटीकरण थियो । उपियाँ छलेरै फड्किन्छ, चुस्छ पनि । तर, त्यो समाप्तिको नियतिमा हुन्छ । फड्काइमा जतिसुकै चातुर्य देखाओस्, कसैले पनि उपियाँ पालिराख्न चाहँदैन । रवि त अझ पृष्ठभागदेखि नै विवादैविवादको पुञ्ज हुन् ।
विवादास्पद पारिवारिक सम्बन्ध, सहकर्मीले दोषीका रूपमा नामै किटेर आत्महत्या गर्नुपर्ने जस्ता विवादास्पद व्यवसायिक चरित्र, दोहोरो नागरिकता र दोहोरो पासपोर्ट जस्ता राष्ट्रविरुद्ध फौजदारी भन्न मिल्ने विवादास्पद गतिविधि ! के विवाद छैन उनको जीवनमा ? ताली पड्काएर वाहवाही गर्ने एक तहका अराजक जत्था रविको वरिपरि रहे पनि तिनले रविलाई बचाउन सकेनन्/सक्दैनन् । त्यसैले उनी जसरी नाटकीय धरातलमा गृहमन्त्री बने, नाटकीय अवस्थितिमै त्यस कुर्सीबाट बहिर्गमित हुन कुनै समय लागेन । उनका पार्टीका अरु मन्त्रीको त के कुरा र ?
गतिविधि विवादास्पद भएकैले उनले सांसद र मन्त्री पद गुमाउनुपर्यो । उनले जितेर गुमाएको र फेरि लड्न तयार रहेको चितवन २ अनि राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनपछि खाली भएको तनहुँ १ र बारा २ मा उपचुनाव हुने सम्मुख समयमा ढाकाकुमार काण्ड आएको हो । ढाकाकुमार काण्डले रवि र उनको पार्टीलाई नैतिक रूपमा जिरो धरातलमा झारिदिएको त छ नै, भ्रष्टाचारको विरोध र सुशासन आवरणमा उनीहरूभित्रै कसरी भ्रष्टाचार मौलाउँदो छ भन्ने समेत सावित गरेको छ । जब उत्पत्ति नै अराजकताको जगमा भएको छ भने त्यसका क्रियाकलापका, गतिविधिका ध्येयहरू कसरी गतिलो होस् ! कसरी विवादरहित होस् ?
आफ्नै पार्टीबाट स्वास्थ्यमन्त्री बन्न दुई करोड बुझाउनैपर्ने बाध्यता ढाकाकुमारको भए जस्तै -यद्यपि अन्ततः उनी मन्त्री बन्न पाएनन्- मन्त्री बनेका अरु तीन मन्त्रीले रविको ‘कोर टीम’लाई कति कति करोड बुझाए होलान् ? प्रश्न टड्कारो भएर खडा छ । तैपनि रोचक कुरा के छ भने सांसद ढाकाकुमारले आफू र पार्टीलाई जोडेर यसरी दुईकरोड काण्ड मच्चाउँदा पनि रवि र उनका साइबरेहरू घोर लडाइँ जिते जस्तो गर्दैछन् । मानौं, यसैकारण उपचुनाव जीत झन निश्चित बन्यो । मानौं, यसैकारण पार्टी झन तगडा बन्यो । यो पनि रविले संस्थागत गरेको अराजक रवैयाकै अतिरञ्जित अभिव्यक्ति हो ।
आफ्नै पार्टीबाट स्वास्थ्यमन्त्री बन्न दुई करोड बुझाउनैपर्ने बाध्यता ढाकाकुमारको भए जस्तै -यद्यपि अन्ततः उनी मन्त्री बन्न पाएनन्- मन्त्री बनेका अरु तीन मन्त्रीले रविको ‘कोर टीम’लाई कति कति करोड बुझाए होलान् ? प्रश्न टड्कारो भएर खडा छ ।
सभापति रविले चितवनको एक चुनावीसभामा आफ्ना विरोधीलाई जेल कोच्ने उत्तेजक, भद्दा र अराजक अभिव्यक्ति दिएको भोलिपल्टै ढाकाकुमार काण्ड बजारमा आएको छ । र, रवि स्वयंको उदयको, रवि पार्टीको उदयको, त्यसको नाटकीय सफलताको, त्यसको नाटकीय पतन चरणका कारणहरू विस्तारै सतहित हुँदै गएका छन् । यसको मूल कारण त बोलेकै भरमा, अरुलाई गाली गरेकै भरमा, अरुका कमजोरी वा बेथिति औंल्याएकै भरमा राजनीतिमा ‘म पनि हिरो बन्छु’ भन्ने छिपछिपे बौद्धिक तर कुण्ठित अतृप्तता नै हो । राजनीतिमा ‘हिरो’ हुन त वैचारिक प्रष्टता र राजनीतिक भिजन अनि विनम्रता चाहिन्छ । नयाँ पुस्तासँग संघर्षको विरासत छैन रे लौ ! तर संघर्षलाई बुझ्ने, त्यसभन्दा महत्वको कुरा आफैं सादगी, चरित्रवान र प्रगति गन्तव्यको खाका बोक्ने व्यक्तित्वले मात्रै सार्थक राजनीति हाँक्नसक्छ ।
रास्वपा नामको रवि पार्टीको उदय भने राम्रो गर्ने भन्दै तर के राम्रो गर्ने थाहै नभएको जगमा भएको हो । केवल विरोधका लागि विरोध बोल्ने लहडी समूहले निर्माण गर्ने भनेको झन ठूलो सामाजिक निराशा र अराजकतामात्रै हो । कुनै पनि पार्टीमा राम्रा, नराम्रा मानिस हुन्छन् । तर, एउटै ढाकाकुमारले सम्पूर्ण पार्टीलाई जिरो नैतिक धरातलमा ल्याइदिने परिस्थिति भनेको त्यस पार्टीको विचारहीनता नै हो । र, परिस्थितिलाई लोभग्रस्त अराजकतामा पुर्याउँछु अनि अराजकतामा झन खेल्न पाउँछु भन्ने महत्वाकांक्षाले निर्देशित गरेको चरित्र नै हो ।
रविको रास्वपा पार्टीले अराजकता निर्माण गर्ने अनि त्यही खेल्ने नियत राख्यो भन्नुको अर्थ विगतदेखि नै क्रियाशील संरचनागत पार्टीहरू चाहिँ ठीकठाक छन् भन्ने होइन । ती ठीकठाक थिए भने अराजकताको यत्रो मलजल र ‘ग्राउन्ड’ नै निर्माण हुँदैनथ्यो । तर, तिनलाई आफूले संस्थागत बलिदानी संघर्ष गरेर ल्याएको राजनीतिक परिवर्तनप्रति केही न केही जिम्मेवारी आपसी अन्तरविरोधका बीचमा पनि हुन्छ । तत्कालीन स्वराजनीतिक लाभहानी नहेरेर तिनले चुस्त वितरण, सेवा र विकास निर्माणको सामाजिक गुणवत्ताको बाटोमा देशलाई डोर्याउन सके रविमात्र होइन, स्वर्णिम वाग्ले, रमेश खरेल, बालेन शाह जस्ता देखिँदा आदर्शी तर अन्तर्यमा प्रतिगामी उत्तोलकहरू साइजमा आइहाल्छन् । ती अराजक हाउगुजीको पछाडि लाग्ने जमात तीसँग तत्क्षण विकर्षित हुनुमा नै संघीय लोकतान्त्रिक गणतन्त्रको दीगो भविष्य निर्भर छ ।
खरो र सन्तुलित टिप्पणी।
समानुपातिक सांसद हुन। निर्वाचित होइनन। भर्खरै स्थापित भएको पार्टीमा झुक्किएर एक/दुई बिकार तत्वहरु आए । त्यैपनि रविले ढाकछोप गरेनन् । उडाइदिए पार्टी र सांसद दुवै पद।
लेखाइ निष्पक्ष हुनुपर्छ। आँफ्नै मुकुण्डो उदाँगो हुने गरि लेखिएको यो लेखको कुनै अर्थ छैन।
https://www.onlinekhabar.com/2022/07/1161284