सिरहाको प्रादेशिक अस्पतालको जेनेरेटरमा आगो लागेपछि बिरामीको भागाभाग
नेपाल प्रेस
२०७९ चैत २९ गते १५:४९
जनकपुरधाम । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालको ठूलो जेनेरेटरमा आगो लागेपछि बिरामीको भागाभाग भएको छ ।
विरामी राख्ने ब्लकको छेउमा रहेको ठूलो जेनेरेटरमा आज दिउँसो आगो लागेपछि बिरामीको भागाभाग भयो । सयौं बिरामी एकसाथ बाहिर निस्किए । खसेर केही बिरामीलाई चोटपटक लागेपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आगलागी सिरहा नगरपालिकाको बारुणयन्त्र पुगेपछि नियन्त्रणमा लिएको छ । विद्युत सर्ट भएर जेनेरेटरमा आगो लागेको थियो । आगोले जेनेरेटर क्षतिग्रस्त बनेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर