कोका-कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न – Nepal Press

कोका-कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न

काठमाडौं । कोका-कोला मोमो उत्सवको आठौं संस्करण सम्पन्न भएको छ ।

विगत आठ वर्षदेखि आयोजना गदै आएको मोमो उत्सव ‘कोक प्लस मोमोको स्टोरीजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ मनाइएको छ ।
यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरमा आयोजना भएको कम्पनीले जनाएको छ ।

फेब्रुअरी १५ मा सुरु भएको अभियानमा कम्पनीले देशभर एक हजार भन्दा बढी रेस्टुरेन्ट र भोजनालयसँग सहकार्य गर्दै उपभोक्तालाई डिस्काउन्ट मूल्यमा विशेष कम्बो अफरहरू प्रदान गरेको जनाइएको छ ।

कम्पनीका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला मम उत्सव एउटा वर्षेनी आउने चाड जस्तै भइसकेको छ । अझ चिसो कोक र तातो ममको कम्बो, यो स्वाद त सबै जनाको प्रिय नै छ । हामीलाई त पुरा विश्वास छ कि हाम्रो ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको सबैभन्दा राम्रो लोकल भर्सन नै कोका–कोला मम उत्सव हो । र हामीलाई खुशी लागेको छ, यसपाली कोका–कोला मम उत्सव काठमाडौंमा मात्र सिमित नभएर अन्य मुख्य सहरहरु सम्म पनि पुग्यो । नेपाली उपभोक्ताहरुले हामीलाई जुन निरन्तर रुपमा दिनुभएको मायाले गर्दा नै यो सबै सम्भव भएको हो ।’

कम्पनीले आफ्ना उपभोक्तालाई मोमोरिज शेयर गर्न आव्हान गरेको र ती मध्ये रमाइला मोमोरि शेयर गर्ने उपभोक्तालाई दैनिक दराज भाउचर, साप्ताहिक पुरस्कार ‘स्यामसुङ ग्यालेक्सी एओफोरइ’ र बम्पर पुरस्कारमा ‘ ग्यालेक्सी एओफरइ’ र स्वस्तिमा खड्का संग डिनर प्रदान गरिएको समेत बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर