नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स खुल्यो – Nepal Press

नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स खुल्यो

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स खुलेको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन आह्वान गरेको हो ।

लाइसेन्स रोक्न भन्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएसँगै आवेदन खुलेको हो । सेबोनले आज सूचना प्रकाशित गरी १० दिन भित्र आवेदन आह्वान गरेको हो ।

सेबोनले गत असोज २ गते ४५ दिनको समय दिँदै सूचना निकालेकोमा १० दिन अगावै सर्वोच्चको कात्तिक ४ गतेको सबै प्रक्रिया स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *