महासंघ वरिष्ठ उपाध्यक्षमा सहमतिको लागि छलफल सुरु, कसले पाउला ?
नेपाल प्रेस
२०७९ चैत ३० गते १४:५९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा दोस्रो चरणको मतदान सुरु अगाडि सहमतिको लागि छलफल सुरु भएको छ । २ बजेबाट सुरु हुने भनिएको चुनाव रोकेर छलफल सुरु भएको हो । उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको थियो ।
तर, सहमति भयो भने चुनाब हुँदैन । निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र उम्मेदवारहरुबीच सहमतिको लागि छलफल भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले सहमतिको प्रयास भन्दै निर्वाचन कार्यक्रम सार्न प्रस्ताव आएपछि दिउँसो २ बजेदेखि हुने भनिएको दोस्रो चरणको निर्वाचन कार्यक्रम ४ बजेसम्मका लागि सरिएको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर