एक वर्षमै थपियो १ खर्ब १९ अर्ब बेरुजु, नियमविपरीत भएको खर्च नै करिब २० अर्ब – Nepal Press

एक वर्षमै थपियो १ खर्ब १९ अर्ब बेरुजु, नियमविपरीत भएको खर्च नै करिब २० अर्ब

काठमाडौं । एक वर्षमै बेरुजु १ खर्ब १९ अर्ब बेरुजु बढेको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँले बेरुजु रकम बढेको हो । प्रारम्भिक प्रतिवेदनबाट १ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ बेरुजु देखिएको हो ।

९ अर्ब ७८ करोड सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु कायम भएको प्रतिवेदनले औँल्याएको छ ।

नियमित गर्नुपर्नेमा नियमविपरीत भएको खर्च १९ अर्ब ८७ करोड ८० लाख भएको छ । प्रमाण कागज पेस नभएको ५९ अर्ब र शोधभर्ना नलिएको ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, ९ अर्ब पेस्की रहेको छ ।

सोमध्ये ४ हजार ६८ संघीय सरकारी निकाय तथा कार्यालयको गरिएकोमा १ हजार ९२९ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको थियो । यस्तै, प्रदेश सरकराी कार्यालयतर्फ १ हजार २१८ को लेखापरिक्षण गरेकोमा ४ सय ४४ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर