टीभीएस एनटर्क १२५ रेस एडिसन नेपाली बजारमा, कति पर्छ मूल्य ? – Nepal Press

टीभीएस एनटर्क १२५ रेस एडिसन नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । टीभीएस मोटर्सले आज टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ ।

बिहीबार टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्स, कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले तयार गरिएको जनाइएको छ ।

कम्पनीका अनुसार, स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ ।

स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ ।

टिभिएस एनटर्कमा १२५ रेस एडिसन १२४.८ सीसी, सिंगल-सिलिन्डर, ४-स्ट्रोक, ३-भल्भ, एयर-कूल्ड ‘एसओएचसी’, फ्युल इन्जेक्टेड इन्जिनले रहेको कम्पनीले बताएको छ ।

इन्जीनले ६.९ किलोवाटका दरले ७ हजार आरविएम अथवा ९.३८ पीएसका दरले ७ हजार आरपीएम को अधिकतम पावर आउटपुट प्रदान जनाइएको छ । १०.५ एनएमका दरले ५ हजार ५ सय आरपीएमको उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पीड र केवल ९ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति बढाउँने समेत बताएको छ ।

स्कुटरमा पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरु रहेका छन । सार्थ, बाह्य इन्धन भर्ने सुविधा, युएसवी चार्जर, ठूलो २०-लिटर अन्डरसेट स्टोरेज र प्याटेन्टेड ईजेड सेन्टर स्ट्यान्ड रहेको कम्पनीले बताएको छ ।

नेपाली बजारमा सयको मुल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *