ट्रोल शेयर गर्दै विश्वप्रकाश लेख्छन्- लोकतन्त्रमा व्यंग्य र आलोचना स्वीकार्य छ, नकारात्मक लिनुहुन्न – Nepal Press

ट्रोल शेयर गर्दै विश्वप्रकाश लेख्छन्- लोकतन्त्रमा व्यंग्य र आलोचना स्वीकार्य छ, नकारात्मक लिनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफूहरुसहितको ट्रोल शेयर गर्दै लोकतन्त्रमा व्यंग्यलाई स्वीकारिने बताएका छन् ।

उनले आफू, अर्का महामन्त्री गगन थापा र बीचमा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाको फोटोमा ‘देबर बाबु’ लेखिएको ट्रोल शेयर गर्दै व्यंग्यलाई कसैले पनि नराम्रो लिन नहुने बताए ।

‘व्यङ्ग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ । यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न’, शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन् ।’

शर्माले नववर्ष २०८० को दिँदै यस्तो व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैव स्वागतको प्रतिबद्धता व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर