काठमाडौंमा अनलाइन नक्सापास प्रणाली सुरुआत, बालेन भन्छन्- अब बिचौलिया प्रवृत्तिको अन्त्य भयो (भिडिओ) – Nepal Press

काठमाडौंमा अनलाइन नक्सापास प्रणाली सुरुआत, बालेन भन्छन्- अब बिचौलिया प्रवृत्तिको अन्त्य भयो (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरुपमा अनलाइन नक्सा पास प्रणाली सुरुवात गरेको छ। काठमाडौं महानगर प्रमुख बालेन शाहले अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने बताए।

उनले भने, ‘संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिनेछ ।’

अनलाइन प्रणाली सुरु भएसँग पहिले २र३ महिना लाग्ने प्रक्रियालाई बढीमा २५ दिनमा छोट्याउने उनको भनाइ छ।

उनले भने, सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरू सुधार गरिएको छ । यो प्रणालीसँगै बिचौलिया प्रवृत्ति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भई पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *