राजनीतिलाई उद्योग बनाउनेहरुबाट देश लुटियो: चित्रबहादुर केसी – Nepal Press

राजनीतिलाई उद्योग बनाउनेहरुबाट देश लुटियो: चित्रबहादुर केसी

रुपन्देही ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरु बोल्न नसकेको बताएका छन् ।

विदेशी शक्ति केन्द्रको नेपालमा हस्तक्षेप बढ्दा पनि आफूलाई ठूला दलको नेता बताउनेहरु मौन बसेको उनले आरोप लगाए ।
शुक्रबारदेखि बुटवलमा शुरु भएको रक्तिम सांस्कृतक अभियानको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले राजनीति गर्नेहरु नीजि स्वार्थमा लाग्न नहुने बताए ।

प्रतिनिधिसभा सदस्य रहेका अध्यक्ष केसीले भने–’सत्ता र शक्तिमा बसेकाहरु आफुलाई ठूलो दलको नेता भन्नेहरुले राजनीतिलाई उद्योग बनाएर देशलाई लुटेका छन् ।’

सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको बताउंदै राज्यले नै नेपालमा भएका उद्योग कलकारखाना बेचेकाले देशलाई चाहिने युवा जनशक्ति अहिले बाध्यताले विदेश पलायन हुनुपरेको उनको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्र ल्याउन लागेका दलहरुबाटै यो व्यवस्था खतरामा रहेकाले केसीको आरोप थियो ।

उनले सामम्यावादी व्यवस्थामा पुग्ने राष्ट्रिय जनमोर्चाको बाटो अफठ्यारो रहेको उल्लेख गर्दै राजनीतिक, आर्थिक क्रान्तिसंगै सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताए । संघीयता असफल भैसकेको दावी गर्दै हिजो संघीयताका पक्षधरहरु अहिले संघीयताको बिरोधमा लागेकाले अब प्रदेश खारेज गरी देशलाई आर्थिक भारबाट मुक्त गर्नुपर्ने नेता केसीले बताए ।

एमसीसी, एसपीपीजस्ता विदेशी परियोजनाहरु नेपालको हितमा नभएको बताउंदै विकासको नाममा नेपाललाई युद्दस्थल बनाउन नपाइने उनको भनाइ थियो । राष्ट्रिय सभा सदस्य तुलबहादुर विकले नेपालमा राजनीतिक हस्तक्षेप बढेको बताए । बैशाख ३ गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर