गायक शेर्पाको ‘परदेशबाट म आको’ सार्वजनिक – Nepal Press

गायक शेर्पाको ‘परदेशबाट म आको’ सार्वजनिक

काठमाडौं । गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत ‘परदेशबाट म आको’ सार्वजनिक भएको छ । आफ्नो देश, आफ्नो माटो, गाउँघर, पाटी पौवा, उकाली ओराली, साथीसङगी, मेलापात र हाट बजारका सम्झनाहरूलाई गीतमा समेटिएको छ ।

अशोक मुकारुङको संगीत रहेको गीतमा गायक शेर्पाकै शब्द रहेको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको रेकर्डिङ सेवा स्टुडियोमा रेकर्डिस योगेन मुकारुङले गरेका हुन् ।

गीतको स्टुडियो भिडियो सेवा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । योगेन मुकारुङको छायंकन रहेको भिडियोमा जीवन मुकारुङको सम्पादन रहेको छ । भोजपुर जिल्लामा जन्मिएका गायक शेर्पा विगत केही दशकदेखि अमेरिकामा बस्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर