‘दुःख’ बोल्छन् योगेशहरु : मारमा पर्छन् माधवहरू
योगेश भट्टराईका निम्ति यी पंक्तिले गाली गर्दैन, अर्ति पनि दिँदैन । ती दुवै कुरा उनका लागि जरुरी पनि छैन ।
२९ चैतमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उभिएर उनले माधव नेपाललाई प्रश्न गरे, ‘होसमा हुनुहुन्छ कि हुनुहुन्न ?’
यो उक्त प्रश्नको जवाफ पनि होइन ।
योगेशको यस्तो अभिव्यक्तिपछि एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ता र त्यसका थुप्रै शुभचिन्तकले सामाजिक सञ्जालबाट उनलाई जवाफ वा त्यसप्रति विभिन्न कोणबाट टिप्पणी पनि गरे ।
यदि स्वयं योगेश होसमा थिए भने प्रतिनिधिसभाको २५ पुसको बैठकमा उनका अध्यक्ष केपी ओलीले भनेको कुरा पक्कै सम्झना हुनुपर्छ । ओलीले उक्त बैठकमा भनेका थिए, ‘अघिल्लो पटक संसद् विघटन गर्नु प्रतिगमन हो भनेर विभिन्न हुइयाँ चलाइयो । त्यसो हो भने बेलायतमा धेरै पटक प्रतिगमन भएछन् । संसद् विघटन गर्नु प्रतिगमन होइन । विभिन्न हतकण्डा अपनाएर सरकार ढाल्नु प्रतिगमन हो ।’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको भोलिपल्टको बैठकमा जवाफ दिएका थिए, ’हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधिसभा विघटन गर्न पाउँदैनन् ख्याल होस् । संसद् विघटन गरेर प्रतिगमनको कदम चालिएको थियो, कहिल्यै नचालियोस् ।’
नयाँ संसदमा खुट्टा राख्नासाथ अघिल्लो संसद्लाई असंवैधानिक तवरले दुई–दुई पटक विघटन गरेको विषयलाई सही भन्ने ओलीको नियत हो, फेरि पनि विघटनमार्फत स्वेच्छाचारितातर्फ उन्मुख हुने । त्यसैले माधव नेपालहरूले एक पटक हैन, दुई पटक हैन, पटक–पटक भनिरहनुपर्छ, ‘खबरदार, संसद् विघटन गर्न पाइँदैन ।’
किनभने, ओलीको नियत नै संसदविहीन सरकारको सञ्चालन हो । त्यस्तो सरकार संसदप्रति जबाफदेही हुनुपर्दैन । जवाफ दिनुपर्ने ठाउँ नै नभएपछि मनलाग्दी निर्णय गर्न, निकटस्थलाई पोस्न, भ्रष्टाचार गर्न र यावत इच्छाहरू पूरा गर्न सजिलो हुन्छ भन्ने कुरा अघिल्लो कार्यकालमा दुई पटक गरिएको विघटनको अनुभव उनीसँग छ ।
योगेशको प्रश्न थियो, ‘एमाले आफैँ प्रतिपक्षमा छ, त्यसले कसरी संसद् विघटन गर्न सक्छ ?’
अब दुई कुरामा जानुपर्छ । एउटा हो, एमाले सत्तारुढ भएको दुई महिनामै कसरी प्रतिपक्षी बन्न पुग्यो ?
योगेशले २९ चैतमा माधव नेपालको ‘होस’ का बारेमा गरेको प्रश्न माधव नेपालका निम्ति गाली हैन, ओलीलाई खुशी पार्न बोलेका कुरा हुन् । अर्थात्, केपी ओलीको कार्यकर्ता बन्नका निम्ति पालना गर्नुपर्ने नियमअनुसार उनले त्यस्तो बोले । खासमा त्यो योगेशको ‘दुःख’ हो, ‘मर्जी’ हैन ।
कारण हो, ओलीले पुस २५ मा संसद् विघटन गर्न पाइन्छ वा सकिन्छ भनेपछि प्रधानमन्त्री प्रचण्ड उनीसँगको सत्ता सहकार्यबारे सोच्न बाध्य भए । देशमा संसद् विघटनपछि विकसित राजनीतिक समीकरणलाई तोडेर प्रचण्ड ओलीसँग सहकार्य गर्न गएको १५ दिनमै ओलीले प्रचण्डको ढाडमा टेकेर आफूले गरेको संसद् विघटन ठीक थियो भन्ने पार्न चाहँदै थिए । फलतः राष्ट्रपति निर्वाचनको प्रक्रिया शुरु भएसँगै एमालेसँगको सहकार्य तोड्ने स्थितिमा प्रचण्ड पुगे, एमाले प्रतिपक्षी भयो ।
दोस्रो कुरा हो, एमाले आज प्रतिपक्षी बेन्चमा छ, त्यसैले उसले संसद् विघटन गर्दैन, गर्न सक्दैन भन्ने योगेशको कुरा केटाकेटी खेलाएजस्तो हो । एमाले आज पनि कसरी, कन दाऊ रचेर सरकारमा हाबी हुन सकिन्छ र संसद् विघटन गरी ओलीको व्यक्तिवादी, अहंकारी सत्ता चलाउन सकिन्छ भन्ने ध्याउन्नमै छ । यद्यपि, अबका राष्ट्रपति ओलीको त्यो जालमा पर्ने सम्भावना शून्य छ ।
हिजो ओलीले प्रचण्डसँग सत्ता सहकार्य गरिरहँदा राष्ट्रपतिको सुनिश्चितता खोजेका थिए । किनभने, आफ्नो मुठ्ठीको राष्ट्रपतिमार्फत आफ्ना नियतहरू पूरा गराउनु । आज राष्ट्रपति एमालेसँग नभए पनि संसद्का सभामुख उसका छन् । जुनसुकै बाटो वा विधिबाट भए पनि देशलाई संसदविहीन बनाउनु ओलीको नियत हो । पक्ष वा प्रतिपक्षमध्ये कता छ भन्ने कुरा गौण विषय हो । माधव नेपाल र अरू थुप्रै नेताहरूले भन्ने गरेको पनि यही नै हो कि, ओली संसद् विघटन गर्न चाहन्छन्, चनाखो भएर बसौँ ।
योगेश भट्टराई र उनीजस्ता ‘होस’ लाई बन्धकमा राखेर अरूका ‘होस’ माथि प्रश्न गर्ने योग्य पंक्ति एमालेभित्र प्रशस्तै छ । सबैको एउटै दुःख हो, त्यहाँ टिक्नका लागि नचाहेर पनि नियम पालना गर्नुपरेको छ । वा, पालना गर्नुपर्ने बाध्यतामा परेका छन् । जो नियमभित्र बस्न बाध्य छैनन्, तिनीहरू केही दिन, साता वा महिनाभित्रै त्यहाँबाट अलग हुँदैछन् भन्ने सूचना प्राप्त भएको छ ।
योगेशका दुःख
समकालीन नेपाली राजनीतिको दोस्रो पुस्तामा योगेश भट्टराई त्यस्ता नेता हुन्, जसको हाराहारीमा थोरै मान्छे ‘नेता’ हुन सकेका छन् । एमालेभित्र खोज्ने हो भने त उनी जत्तिको चलायमान, क्रियाशील र देशभरिका कार्यकर्तालाई सांगठनिक विधिले परिचालन गर्ने ल्याकत कोहीसँग छैन । जो छन्, ती ‘बा’ का खुलेआम भक्त छन् ।
तिनले कार्यकर्तामा जानुपर्छ, संगठन गर्नुपर्छ, विचार राख्नुपर्छ, फरक विचार सुन्नुपर्छ भन्ने कुरा सिक्दै सिकेनन् । वा, सिकेर पनि बिर्सिसके । योगेशचाहिँ ‘होस’ मा भएको बेला ‘बा’ सँग विद्रोह पनि गर्छन् । जस्तो कि, ०७७ पुस ५ को संसद् विघटन लगत्तै ओलीको क्याबिनेट मन्त्रीबाट राजीनामा दिए, सडकमा आए ।
त्यसैले माधव नेपालको ‘होस’ माथि योगेशले प्रश्न गरेपछि एकीकृत समाजवादीका केही कार्यकर्ताबीच कुरा पनि चल्यो, ‘ओलीका अरू भक्तजस्ता योगेश हैनन्, किनभने, कहिलेकाहीँ उनको होस खुल्ने गरेको छ ।’
‘यसो भनेर उनले जे–जे भन्छन्, त्यसमा सही थाप्ने कि जवाफ दिने ?’, अर्का कार्यकर्ताको प्रश्न थियो ।
यतिबेला एमालेभित्र योगेशहरु ठूलो दुःख पालेर बसिरहेका छन् । नछोड्नु माधव नेपालको साथ छोडिहाले । राजनीतिमा जो, जहाँ लाग्छ, उसले त्यहाँको नियमभित्र बस्नुपर्छ । उनको पार्टीको एकमात्र नियम हो, ‘बा’ हो हित र तारिफबाहेक केही सोच्न र गर्न पाइँदैन । गाली गर्न त झन् मिल्दै मिल्दैन । गरिहाले भीम रावल र घनश्याम भुसाल बनाइने हो ।
त्यसैले योगेशले २९ चैतमा माधव नेपालको ‘होस’ का बारेमा गरेको प्रश्न माधव नेपालका निम्ति गाली हैन, ओलीलाई खुशी पार्न बोलेका कुरा हुन् । अर्थात्, केपी ओलीको कार्यकर्ता बन्नका निम्ति पालना गर्नुपर्ने नियमअनुसार उनले त्यस्तो बोले । खासमा त्यो योगेशको ‘दुःख’ हो, ‘मर्जी’ हैन ।
कुनै दिन एमाले थामेर बसेका योगेश र उनीजस्ता सयौँ नेताहरू आज भूमिका शून्य छन् । अलिकति, कतैबाट भूमिका पाइहालिन्छ कि भनेर कहिलेकाहीँ आफ्नो बेहोसीबाट व्युँझिन खोज्छन् र अरूका ‘होस’ छ कि छैन भनेर सोध्छन् भने सोधिरहन दिऔँ । किनभने, हामीले हिजो पनि, भोलि पनि तिनलाई नेता मान्नु नै छ ।
होस खुलेको योगेश भट्टराई संसद् विघटनदेखि नै सडकमा हुन्छ । उनलाई ओलीको क्याबिनेटमा मन्त्री बनाउनका निम्ति विद्या भण्डारीले लगाइदिएको गुन तिर्नु थियो । भनेको मानेर एमालेमै बसे । मंसिर ४ को चुनावका निम्ति ओलीले ताप्लेजुङबाट नदिन खोजेको टिकट विद्यामार्फत लिए । फेरि पनि गुनहरू तिर्दै जानु छ । त्यसैले कहिलेकाहीँ माधव नेपाललाई ‘तपाईँ होसमा हुनुहुन्छ कि हुनुहुन्न ?’ भनेर बोलिदिनुपर्ने अवस्था छ । यी कुरा उनले आफ्ना लागि हैन, आफूले रोजेको ठाउँमा बस्नका लागि पूरा गर्नुपर्ने नियम पालना गर्नका लागि बोले । एउटा ठाउँमा पुगेर उनको होस खुल्छ, फेरि उनी अर्को नियमतिर लागिहाल्छन् ।
‘त्यसैले साथी हो, गाली नगरौँ’, पंक्तिकारले एकीकृत समाजवादीका ती कार्यकर्तालाई यसरी आग्रह गरेको छ ।
योगेश भट्टराई र उनीजस्ता ‘होस’ लाई बन्धकमा राखेर अरूका ‘होस’ माथि प्रश्न गर्ने योग्य पंक्ति एमालेभित्र प्रशस्तै छ । सबैको एउटै दुःख हो, त्यहाँ टिक्नका लागि नचाहेर पनि नियम पालना गर्नुपरेको छ । वा, पालना गर्नुपर्ने बाध्यतामा परेका छन् । जो नियमभित्र बस्न बाध्य छैनन्, तिनीहरू केही दिन, साता वा महिनाभित्रै त्यहाँबाट अलग हुँदैछन् भन्ने सूचना प्राप्त भएको छ ।
यदि योगेशहरु उनीहरूकै क्षमतामुताबिकको जिम्मेवारीमा हुन्थे भने आजको एमाले पनि सुन्दर देखिन्थ्यो । तर, त्यहाँको नियमले त्यस्तो हुन दिएन । किनभने, यी बेलाबेलामा ‘होस’ खुल्ने मान्छेहरूको भरमा ओली परेनन्, योगेशहरु कुँजिएर बसे ।
नवौँ महाधिवेशनबाट सचिवमा शानदार मत ल्याएर जित्ने योगेश सौराहा काण्ड (दशौं महाधिवेशन) बाट टीको लगाएर उही सचिवमै । नवौँमा सचिव हारेको मान्छे दशौँमा उपमहासचिव हुन्छ । यो ओली दलको नियम हो । त्यो नियम त्यहाँ मान्नुपर्छ, नमाने छाड्नुपर्छ ।
कुनै दिन एमाले थामेर बसेका योगेश र उनीजस्ता सयौँ नेताहरू आज भूमिका शून्य छन् । अलिकति, कतैबाट भूमिका पाइहालिन्छ कि भनेर कहिलेकाहीँ आफ्नो बेहोसीबाट व्युँझिन खोज्छन् र अरूका ‘होस’ छ कि छैन भनेर सोध्छन् भने सोधिरहन दिऔँ । किनभने, हामीले हिजो पनि, भोलि पनि तिनलाई नेता मान्नु नै छ ।
त्यसैले एकीकृत समाजवादीका टिप्पणीकर्ताहरूलाई पंक्तिकारको आग्रह छ, मान्छेहरूको दुःख हेरिदिऊँ । उनीहरू आफैँ होस र जोसमा छन् कि छैन, त्यो पनि बुझौँ । अनि मात्र, टिप्पणी गरौँ ।
जाड खाएर लेखेको लेख कस्तो नमिलेको !!!! नेपाल प्रेस यस्ता ताई न तुईका लेख लाई स्थान दिएर आफ्नो अवमूल्यन नगर्दा राम्रो हुने !!!
ओलि वा ओलिको समर्थन गर्नेलाई जसरी पनि विरोध गर्नुपर्छ भनेर कसैबाट निर्देशित लेख समाचार छाप्ने व्यक्ति हुन यी मनुवा । योगेशले माधव नेपालको बारेमा जे भने त्यो अझ पुगेन । यी मनुवाले योगेशको विरोध गर्नु भनेको आदेश पालन गर्नु बाहेक अरू केही होईन ।
विश्वराज सुवेदी comfortable वालाका मान्छे रहेछन नेकपा एमाले यो देशको एउटा प्रमुख पार्टी हो र त्यसका अध्यक्ष के पी र स्थाई कमिटी सदस्य योगेश भट्टराई हो भन्ने कुरा जानकारी राखौ अनि एमाले भित्र हजारौं मान्छे अध्यक्ष र स्थाई समिति सदस्य चलाउने हैसियत राख्छन् न यो विदेशीको चाटुकार पार्टी हो न कतैबाट यो त ३० लाख जनताको समर्थन रहेको २ करोड ४० भन्दा बढीको आशा र भरोसा राख्ने पार्टी हो पत्रकार वा लेखक महोदय ,
तपाईंले एमालेको मान मर्दन गरेर कसैको हण्डी खाएर लेख्नुभएको होला याद राख्नुस २०३७/३८ देखि हामी पनि सामान्य सिपाही को भुमिकामा यहीँ पार्टीमा छौ।
यो माकुनेको हली को काम एमाले र ओलिको बिरोध गर्नु बाहेक अरु छ जस्तो लाग्दैन…
दावाका साथ भन्नु पर्दा मनमोहन र मदन पछी एमालेमा ओली जती लोकप्रिय
नेता अरु छैनन भन्दा फरक पर्दैन। त्यो कुरा माकुने गद्दार र उसका कट्टु हरुलाई
सहज लाग्ने कुरै भएन।यो हली पहिले बामदेवको घरमा भाँडाबर्तन सफा गर्थ्यो हाल
माकुनेको चुलोचौका गर्दैछ।
फेसबुकमा स्टाटस मात्र लेख्न सुहाउने विषयवस्तुलाई नेपाल प्रेसले स्थान दिन जरुरत थिएन ।
जनआस्थामा शीर्षक एउटा र समाचार अर्को लेख्नेले माधव नेलाले बोलेको कुरा नबुझ्नु नौलो लागेन ।
बेहोशीमा मनको कुण्ठा लेखेका , यस्ता कुण्ठित विचारलाई प्रकाशित गर्दा नेपला प्रेसको गरेमा खस्कन सक्छ ।
यी लेखक महाशय आफ्नो हन्डी खाली होला भन्ने पिरलोमा अर्काको भरिलो हन्डी देखेर विक्षिप्त हुने पात्र रहेछन् ।
विश्वमणी सुवेदी comfortable वालाका मान्छे रहेछन नेकपा एमाले यो देशको एउटा प्रमुख पार्टी हो र त्यसका अध्यक्ष के पी र स्थाई कमिटी सदस्य योगेश भट्टराई हो भन्ने कुरा जानकारी राखौ अनि एमाले भित्र हजारौं मान्छे अध्यक्ष र स्थाई समिति सदस्य चलाउने हैसियत राख्छन् न यो विदेशीको चाटुकार पार्टी हो न कतैबाट यो त ३० लाख जनताको समर्थन रहेको २ करोड ४० भन्दा बढीको आशा र भरोसा राख्ने पार्टी हो पत्रकार वा लेखक महोदय ,
तपाईंले एमालेको मान मर्दन गरेर कसैको हण्डी खाएर लेख्नुभएको होला याद राख्नुस २०३७/३८ देखि हामी पनि सामान्य सिपाही को भुमिकामा यहीँ पार्टीमा छौ।
अली ब्येवहरिक कुरा गरम, देखिएको कुरा गरम र यथार्थ कुरा गरम :: राजनीति केको लागि !?
=> केपी ओलीले सरकारको नेत्रित्व गरेको बेला देश समग्र रुपमा माथि उठ्दै थियो, बिसम परिस्थितीमा पनि जनताले एउटा भरोसा र आशा महसुस गरेका थिए उज्ज्यालो अब आउछ भनेर !!
=> त्यो सब देखेर बिशेष त: माकुने र प्रचन्ड पेट पोल्यो :: देश बन्न खोज्दा यिनिहरुको पेट पोल्यो, त्यो काङ्रेश सँग मिल्ने गुण (प्रब्रित्ती) थियो त्यही भएर ती एकै ठाउँमा पुगे र त्येतै छन !! काग्रेशिहरु भएर !!
=> ओलीको चर्चा र उचाइबाट भयभित यिनिहरु अस्तित्व खोज्दै भौतारिएर अहिले पनि गठबन्दनमा बाधिएका छन !! देशको समग्र पक्ष सँग यिनिहरुको चासो छैन, धरासायी बन्दै छ यो, जनता निरास छन :: आँफैमा आगो लगाएर यिनिहरुकै अगाडि आत्मदाह गर्दै छन, छतबाट हाम फालेर ज्यान फाल्दै छन, अनसन बसेर ज्यान दिदै छन :: यिनिहरु हेरेको हेरेइ !!
=> यी सब न यी लेखकले देख्छन र लेख्छन न पत्रीकाले छाप्छन !!
=> देश बर्बादिको जपना गरेर बसेका धुपौरेहरु मात्र ओलीलाई ताछ्न घोत्लिन्छन :: ओली पनि ‘माकुने प्रचन्ड देउवा’ जस्तै किन भएनन भनेर चिन्तन गर्छन् :: धर्तिका बोझहरु !!
एमालेमा चेतनाशुन्य,बिचार बिहिन र ओलिका भक्त मात्रै छन।नेपाल प्रेस पनि ओलिकै भक्तिगाना गाउन संचालित अनलाइन हो।
माकुने सरको चाही कुन लेवलको चाकडी चाहिदो रहेछ “टिक्न र खान” भन्ने कुरा कुबेदी सरको लेखले पनि देखियो। बिबेक बेच्दा पनि भारुमा बेच्नुपर्छ नेरु मा होईन भन्ने भनाई झर्लक्क सम्झना भयो!
एकवारको जुनीमा! एकछाक खानकै लागि यति सम्म कुबेदीस्ततरमा के गिर्नु के? हुन त आचीको नियतिनै गिर्नु हो! शुवेच्छुकको सदासयताले भएन।