आफ्नै देशको इतिहासमाथि कैँची चलाउँदै भारत सरकार, पाठ्यक्रमबाट हटाइए यी महत्त्वपूर्ण विषय – Nepal Press

आफ्नै देशको इतिहासमाथि कैँची चलाउँदै भारत सरकार, पाठ्यक्रमबाट हटाइए यी महत्त्वपूर्ण विषय

काठमाडौं । सन् २०१८ अर्थात् दोस्रो कार्यकालको लागि देशको बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नुभन्दा एक वर्षअघि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीबाट संघीय शिक्षा मन्त्री रहेका एक नेताले भारतीयहरू कुनै बाँदरका पुर्खाबाट नभई साधु शन्तहरुका सन्तति रहेको अभिव्यक्ति दिए। यति मात्र नभएर भाजपा अर्का नेता सत्यपाल सिहंले प्रख्यात वैज्ञानिक चार्ल्स डार्विनको ‘इभोलुसन थ्योरी’ लाई गलत रहेको दाबी गर्दै विद्यालयबाट सो सिद्धान्त हटाउन पर्ने समेत बताए।

सन् २०२१ ( २०२२ सम्म आइपुग्दा भारतको कक्षा ९ र १० को पाठ्यक्रमबाट डार्विनको ईभोलुसनसँग सम्बन्धित सिद्धान्त पूर्ण रूपमा गायब भएको छ । जसका कारण भारतीय विद्यार्थीले ११ र १२ मा जीव विज्ञान नामक विषय नरोजेको सन्दर्भमा उनीहरू यती महत्त्वपूर्ण सिद्धान्तको जानकारीबाट अन्जान रहन्छन् ।

पाठ्यपुस्तकहरूमा यो परिवर्तनको निर्णय गर्ने निकाय हो संघीय शिक्षा मन्त्रालय अन्तर्गतको राज्य सञ्चालित निकाय राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् । यो परिषद्ले तोकेको पाठ्यक्रम भारतका २४ हजार भन्दा बढी विद्यालयमा पढाई हुन्छ । त्यस बाहेक, भारतका १४ राज्यका कम्तीमा १९ स्कूल बोर्डहरूले पनि एनसीईआरटीका पुस्तकहरू पढाउने गर्छन् ।

नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारले पाठ्यक्रमबाट हटाएको विषय डार्विनकोको सिद्धान्त मात्र भने अवश्य होइन । भारतमा मोदी नेतृत्वको बिजेपी तथा दक्षिणपन्थी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले विगत लामो समयदेखि भारतको पाठ्यपुस्तकहरूको संशोधनको लागि अभियान चलाउँदै आएको छ ।

जसको लक्ष्य संवैधानिक रूपमा धर्मनिरपेक्ष भारतलाई जातीय हिन्दू राज्यको साथ प्रतिस्थापन गर्ने हो भनेर टिप्पणी गरिने गरेको छ । बिजेपी र आरएसएसको यो अभियान भारतका २० करोड मुस्लिम समुदायलाई सीमान्तकृत गर्ने अभियानको रूपमा पनि लिने गरिएको छ । जुन कुल जनसंख्याको १४ प्रतिशत हो ।

मुस्लिमहरूले भारतीय उपमहाद्वीपमा शताब्दीयौंसम्म शासन गरेको ऐतिहासिक तथ्यलाई अस्वीकार गर्ने र कथित हिन्दू उत्पीडनको वैकल्पिक इतिहास सिर्जना गरेर ती शासकहरूलाई दानवको रूपमा स्थापित गराउन यो अभियान मुख्य कारक बन्न सक्ने जनाइन्छ ।

सोही अभियानअन्तर्गत १६औँ र १९औँ शताब्दीबीच उपमहाद्वीपमा शासन गर्ने मुगलहरूका सन्दर्भ इतिहासका पाठ्यपुस्तकहरूबाट हटाइएका छन्।

एनसीईआरटीले पाठ्यपुस्तकहरूलाई ‘तर्कसंगत’ बनाउने र महामारीबाट प्रभावित विद्यार्थीहरूमा कामको बोझ कम गर्ने दाबी गर्दै हालै मात्र कक्षा ७ इतिहासको पाठ्यपुस्तकबाट दिल्ली सल्तनतका शासकहरूको उपलब्धिको वर्णन गर्ने पाठहरू हटाएको छ ।

कक्षा १२ को इतिहास पुस्तकमा पनि मुगलसँग सम्बन्धित पाठमा कैँची चलेको छ । यति मात्र नभएर महात्मा गान्धीको हत्यापछि हत्यारा नाथुराम गोड्सेको आरएसएससँग लिङ्क देखिए पश्चात् केही समय आरएसएसमाथि लागेको प्रतिबन्धको वर्णन गर्ने पाठ पनि कक्षा ११ र १२ को राजनीति विज्ञानको विषयबाट हटाइएको छ ।

पाठ्यपुस्तकको २०२० (२१ को संस्करणमा गान्धी भारतलाई हिन्दूहरूको लागि मात्र देश बनाउने कुनै पनि प्रयासले भारतलाई नष्ट गर्नेछ भन्ने कुरामा विश्वस्त थिए भन्ने वाक्यलाई पनि हटाएर गान्धीको ‘हिन्दू(मुस्लिम एकताको दृढ प्रयासले हिन्दू चरमपन्थीहरूलाई यति धेरै उत्तेजित गर्‍यो कि उनीहरूले गान्धीजीको हत्या गर्ने धेरै प्रयास गरे’ भनेर लेखिएको छ ।

यस्तै कक्षा ११ कै राजनीति विज्ञान पाठ्यपुस्तकबाट मुस्लिम स्वतन्त्रता सेनानी, मौलाना अबुल कलाम आजादको सन्दर्भ पनि हटाइएको छ । आजाद भारतको पहिलो शिक्षा मन्त्री र १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएपछि देशको संविधानको मस्यौदा तयार गर्ने संविधानसभाका सदस्य थिए।

द इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार सन् २००२ मा मोदीको गृह राज्य गुजरातमा भएको दंगाको सन्दर्भ पनि पाठ्यक्रमबाट हटाइएको छ । हालै मात्र भारतले गुजरात दंगामा आधारित रहेर बीबीसीले तयार पारेको एक ‘डक्युमेन्ट्री’ लाई प्रतिबन्ध लगाएको थियो । जसमा वर्तमान भारतीय प्रधानमन्त्री तथा तत्कालीन समयमा गुजरातको मुख्य मन्त्री रहेका नरेन्द्र मोदीलाई नरसंहारको प्रत्यक्ष जिम्मेवारको दाबी गरिएको थियो ।

(अल्जजिराको मुगल, आरएसएस इभोलुसनस् आउटरेज एज इण्डिया इडिट्स स्कुल टेक्स्टमा आधारित)


प्रतिक्रिया

One thought on “आफ्नै देशको इतिहासमाथि कैँची चलाउँदै भारत सरकार, पाठ्यक्रमबाट हटाइए यी महत्त्वपूर्ण विषय

  1. आफू पत्रकारिता गर्दा तटस्थताको गुण, नियत र अधययनशिलता अपनाऊनू। सात समुन्द्र पर बसेर कलम नचलाऊनू किन ? किताब आखाँमा टसाएर-कानमा कसैले भनेमा वा प्रायोजित भएर पहुँचको आघारमा लेखेर छपाऊने हैन भाई। हाम्रो आफ्नै देश को शिक्षा प्रणालीमा ईतिहास र भुगोलको पाठ्यक्रम किन हटाइयो? नेपाली किताबमा अंग्रेजी शब्दावली प्रयोग किन? यहां आगन्तुक शब्दको तर्क नराखनू। अब,
    मुगल साम्राज्य र ब्रिटेन शासक को कुईतिहास का बारेमा त्रिभुवन विश्वविद्यालय को पुस्तकालय आएर अध्ययन गर्नू आफ्नो लेखको बारेमा। डार्विन को अविष्कार? कहाँको हो? उस्को अध्ययनको आधार के के थियो? राईट ब्रदर्स? तेरो बाजे २-३ अक्षर पढेर ज्ञानी नबन। देश बनाऊने र बूझाऊन देशमै बसेर गर्नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर