चित्रबहादुरको टिप्पणी: नयाँ देखेर जनता मख्ख थिए, खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो (भिडिओ) – Nepal Press

चित्रबहादुरको टिप्पणी: नयाँ देखेर जनता मख्ख थिए, खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतार हतार निजी कम्पनीलई ठेक्का दिनु आपत्ति जनक भएको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले आपत्ति जनाएका हुन्। उनले भने, ‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतार हतार निजी कम्पनीलई ठेक्का दिनु आपत्ति जनक छ। देशको विधि विधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन्। जुनसुकै अवारणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी सम्परीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नयाँ भनिएका पार्टीहरुले पनि पुराना प्रवृत्ति छाड्न नसकेको टिप्पणी गरे।

अध्यक्ष केसीले भने, ‘पुराना पार्टीहरूले नै गल्ती, कमजोरी गरिएका थिए। आफ्ना स्वार्थअनुसार नियम, कानुन बनाउँथे। नयाँ आएका पार्टीहरूले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मख्ख परेर हेरिरहेका थिए। खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो। यस्ता प्रवृत्तिलाई छोड्नु हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर