झलनाथको टिप्पणी- जबजबाट समाजको अग्रगति सम्भव छैन (भिडिओ) – Nepal Press

झलनाथको टिप्पणी- जबजबाट समाजको अग्रगति सम्भव छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले दक्षिणपन्थी अवसरवादीहरु सक्रिय भइरहेको बताएका छन् ।

बुधबार पार्टी निकट अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई लक्षित गर्दै यस्तो तर्क गरेका हुन् ।
उनले भने, ‘भन्नचाहिँ आफूलाई क्रान्तिकारी भन्छ। तर, यथार्यमा दक्षिणपन्थी अवसरवादी हुन्। त्यसले जबज भन्छ। त्यो भनेको पनि पूजीवादी जनवाद नै हो। त्यसका विरुद्ध हामीले वैचारिक संघर्ष गर्नुपर्छ ।’

उनले आज पनि देशमाथि साम्राज्यवादीहरुको गिद्दे दृष्टि लागिरहेको बताए ।

‘प्रभूत्ववादीहरुले हाम्रो देशको भूभागहरु कब्जा गरिरहेका छन् । आज पनि हाम्रो देशमा विदेशी सेनाको बुट बज्रिरहेका छन् । त्यसका विरुद्ध आवाज उठाउनुपर्छ । संघर्ष गर्नुपर्छ । राष्ट्रियताको निम्ति एकजुट हुनुपर्छ’ उनले भने ।

 


प्रतिक्रिया

One thought on “झलनाथको टिप्पणी- जबजबाट समाजको अग्रगति सम्भव छैन (भिडिओ)

  1. यी कांग्रेसका दासले जवजको कुरा गर्न सुहाउँदैन जवज त कम्युनिस्टको कार्यक्रम हो न कि comfortable वाला विदेशी भाटहरूको आज नेकपा एमाले यो ठाउँमा त्यसैकारण सबैठाउमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर