एमाले धरानको अध्यक्षमा हर्क एभेङ निर्वाचित
विराटनगर । नेकपा एमाले धरानको अध्यक्षमा हर्कजंग एभेङ निर्विरोध चयन भएका छन् । एमाले धरानको अधिवेशनले एभेङ्लाई अध्यक्षमा निर्वाचित गरेको हो । नेकपामा फुट आएपछि भएको नगर अधिवेशनले एभेङ्को नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
मङ्गलवार र बुधवार भएको अधिवेशनले उपाध्यक्षमा पारस काङमाङ, सचिवमा राजेन्द्रकुमार राई, उपसचिवमा योगेशबाबू काफ्ले र दिवस कन्दङवालाई निर्वाचित गरेको छ ।
नेकपा फुटपछी एभेङ एमाले धरानको अध्यक्षमा मनोनित भएका थिए ।
उनी अध्यक्ष भएसँगै धरानमा एमालेको दुई वटा समानान्तर कमिटी बनेको थियो । १० बुँदे पक्ष र संस्थापन भनिएको दुई समूहलाई समायोजन गर्न प्रथम नगर अधिवेशन गरिएको हो ।