आजदेखि घोडाघोडी साङ्गीतिक उत्सव
कैलाली । घोडाघोडी ताल क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको घोडाघोडी साङ्गीतिक उत्सव आजदेखि सुरु हुने भएको छ ।
साङ्गीतिक उत्सवको सबै तयारी पुरा भइसकेको र आज १२ बजे घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक आभास सञ्चार कम्पनीका प्रबन्ध निर्देशक प्रकाश मिश्रले जानकारी दिए ।
आजबाट सुरु हुने साङ्गीतिक उत्सव १० गते सम्म जारी रहने छ । ४० हजार दर्शकले साङ्गीतिक उत्सवमा सहभागी हुने अपेक्षा गरिएको मिश्रले बताए ।
आज टंक तिमिल्सेना लगायतको प्रस्तुति रहने छ भने भोली एनिना चौहान लगायत कलाकारहरूको प्रस्तुति रहने छ । ९ गते घोडाघोडीमै पहिलो पटक पल शाह आउने र १० गते पुष्प खड्का आउने कार्यक्रम रहेको मिश्रले जानकारी दिए ।