सर्लाहीमा ट्रकले मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु
नेपाल प्रेस
२०८० वैशाख ७ गते १०:५६
जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका ६ मा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको कालीन्जोर पुल नजिक ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको छ । पहिचान खुल्न सकेको छैन् ।
मोटरसाइकलमा ठक्कर दिएका ट्रकलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर