उपाध्यक्ष विष्णु पौडेल र मबीच कुनै मतभेद छैन : शंकर पोखरेल
रूपन्देही । नेकपा एमालेका महासचिव तथा लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र आफ्नोबीचमा कुनै विवाद नरहेको बताएका छन् ।
पार्टीको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको मिसन ग्रासरूट समीक्षामा नेताहरूले उठाएको विषयमा जवाफ दिँदै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘हामीबीच विवाद छ भनेर बाहिरका केही व्यक्तिले प्रचार गरेर रमाएका छन् तर पार्टीका पनि केही नेताहरू यही विषयमा अनावश्यक चर्चा गरेर समय खेर फालेको राम्रो होइन’, पोखरेलले भने, ‘हरेक कुरामा विष्णुप्रसाद पौडेल र मैले सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिकसमेत छलफल गरेर टुंगोमा पुग्ने गरेका छौं । आपसमा कुनै मतभेद छैन । तर, कतिपयले तानातान छ भनेर हल्ला गरिदिन्छन्, यसमा सबै सचेत हुन जरुरी छ ।’
बुधबारदेखि सुरू भएको समीक्षा बैठकमा प्रदेशमा विभिन्न तहका नेताहरू सहभागी छन् ।