सशस्त्र प्रहरीको फेसबुक पेज फेरि ह्याक
प्रवक्ता भन्छन्- रिकभर हुनेक्रममै पुन: ह्याक भयो
नेपाल प्रेस
२०८० वैशाख ८ गते १०:५०
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को फेसबुक पेज फेरि ह्याक भएको छ । सशस्त्र प्रहरी बलको नाममा रहेको पेज केही समयअघि भियतनामी भाषामा परिवर्तन भएको पाइएको छ ।
सशस्त्र प्रहरी बल प्रवक्ता राजेन्द्र खड्काले यसअघि भएको ह्याकलाई रिकभर गर्ने क्रममै रहेका बेला फेरि ह्याक भएको बताए ।
‘यसअघि भएको ह्याक पूर्णरूपमा रिकभर भइसकेको थिएन । आज फेरि ह्याक भएको देखियो । हाम्रो आईटी टीमले हेरिरहेको छ’, खड्काले नेपाल प्रेससँग भने ।
केही साताअघि पनि सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर