काठमाडौंको नारायणटारमा १३ पसलमा आगलागी
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिक एक घरमा आगलागी भएको छ । आज राति २ बजे घरमा आगलागी हुँदा तीन वटा पसल जलेर ४ करोड बढीको क्षति भएको छ ।
विद्युत सर्ट भएर आगलागी हुँदा सुरुमा तीन वटा पसलमा आगो लागेको थियो । आगो नियन्त्रणमा नआउँदा छेउको घरहरुमा आगो सल्किँदा थप १० वटा पसलमा आगालागी भएको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी सिताराम रिजालले बताए ।
आगलागीबाट सिन्धुपाल्चोक मेलम्ची घर भएका अर्जुन गिरीको सेन्टेरी पसलमा बढीको क्षति भएको छ । आगो ३ बजे नियन्त्रणमा आएको थियो ।
रामहिटि, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाको दमकलले आगो निभाएको थियो । साथै खानेपानीको ट्याङकरले आगो निभाएको थियो ।