एकदिवसीयमा नेपालले पहिलोपटक कटायो ३०० रन, कुशल मल्ल र सोमपालको उत्कृष्ट ब्याटिङ – Nepal Press

एकदिवसीयमा नेपालले पहिलोपटक कटायो ३०० रन, कुशल मल्ल र सोमपालको उत्कृष्ट ब्याटिङ

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तरगत किर्तिपुर मैदानमा भइरहेको खेलमा नेपालले ओमानलाई ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । खराब सुरुवात गरेको नेपाललाई कुशल मल्ल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै उकासेका थिए ।

नेपालले पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको स्कोर पार गरेको हो । योभन्दा अगाडि नेपालको उच्च स्कोर २९७ रन थियो ।

३.४ ओभरमा खाता नखोली दुबै ओपनर गुमाएको नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका भिम सार्की र कप्तान रोहित पौडेलले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । रोहित ३४ बलमा २ चौका प्रहार गर्दै २३ रनमा आउट हुँदा, भिमले ५६ बल खेल्दै ४ चौका र एक छक्काको मद्दतमा ३३ रन योगदान गरे ।

त्यसछि आरिफ शेखले पाँचौं विकेटका लागि कुशल मल्लसँग ७५ रनको साझेदारी गर्दै ४३ बलमा २ चौका प्रहार गरेर २९ रनमा आउट भए । कुशल मल्ले नेपालका लागि सर्वाधिक १ सय ८ रन बनाए । शतकीय इनिङ खेलेका कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे ।

कुशल आउट भएपछि आउट भएपछि क्रिजमा आएका सोमपालले करण केसीसँग ६१ रनको साझेदारी गर्दै ६३ रनकोे अविजित इनिङ खेले । उनले, ४८ बल खेल्दै ९ चौका प्रहार गरे । भने, करण १५ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे ।

ओमानको बलिङमा आयान खानले ५ ओभरमा ४६ रन खर्चिएर २ विकेट लिँदा, बिलाल खान, करिमउल्लाह, जिसन मक्सुद, फैयाज बट, अकिब इल्यास र जतिन्दर सिंहले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । हरेक पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । दुवै समूहका शीर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते टीयू क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ । शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर