कोशी प्रदेश नामकरण सरकारको भूमिका छैन : मुख्यमन्त्री कार्की – Nepal Press

कोशी प्रदेश नामकरण सरकारको भूमिका छैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरणमा प्रदेश सरकारको कुनै भूमिका नरहेको बताएका छन् । उनले प्रदेशको नामकरणमा प्रदेश सभाको भूमिका बढी हुने बताए ।

उनले प्रदेशको नामकरणमा प्रदेश सभा सदस्यको जति भूमिका छ त्यति नै भूमिका आफ्नो पनि भएको स्पष्ट पारे । उनले ‘कोशी प्रदेश’ नामकरण कसैको विपक्षमा नभएको समेत स्पष्ट पारे बताएका छन् ।

उनले प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नहुँदा सर्वत्र आलोचना खेप्नु परेको भन्दै यस पटको प्रदेश सभाको प्रारम्भमै प्रदेश सभाको १३ औ बैठकले नामकरण गरेको प्रष्ट पारे ।

शुक्रबार नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार इकाईको १३ औँ कार्य समितिको वार्षिक साधारण सभा तथा बार भवनको उद्घाटन गर्दै उनले सो कुरा बताए ।

उनले भने, ‘कोशी नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाऊँ । समय क्रममा भविष्यमा जनताको दुई तिहाइ मत प्राप्त भएमा संवैधानिक एवं कानुनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।’

उनले वर्तमान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६÷१७ महिना देखि प्रधान न्यायधीश नियुक्ति हुन नसक्नु दुखद कुरा भएको बताए । यस्तै अवस्था राजनीतिक क्षेत्रमा पनि रहेको तर यस विषयमा नेताहरूको ध्यान जान नसकेको बताए ।

पन्ध्र वर्षमा नभएको काम ५ वर्षमा

मुख्यमन्त्री कार्कीले प्रदेश संरचना बनेपछि १५ वर्षमा हुन नसकेको काम भएको दाबी गर । उनले प्रदेश संरचना अनावश्यक, अत्यधिक खर्चालु लगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्ने बताए ।

उनले भने, ‘विगत १५ वर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेका छन् । उनले विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर सडक कालोपत्रे बनाएको बताए । उनले कोशी प्रदेशमा ,१०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० वटा भौतिक संरचना निर्माण भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर