रवि लामिछानेप्रति बाबुरामको टिप्पणी: पपुलिजमबाट आएका चटकेले केही गर्न सक्दैनन् (भिडिओ)
काठमाडौैं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एजेण्डा र सिद्धान्त नभएको भन्दै चटकेकाे संज्ञा दिएका छन्।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरे।
उनले भने, ‘जुन हावा दक्षिणतिरबाट बगेको छ। त्यो डरलाग्दो छ। झट्ट हेर्दा नदेखिन सकिन्छ। पपुलिजमका रुपमा कुनै विचार धारा छैन, सिद्धान्त छैन, यत्रा गम्भिर समस्याको कुनै विश्लेषण छैन। म आएपछि सबै गर्दिन्छु भनेर एउटा मान्छे उफ्रिन्छ, अनि गरिब बाध्य भएर विदेशियका जनता त्यसैलाई ताली पिट्छन्। के त्यो जादुगर होरु यस्तो चटकेहरुले केही गर्न सक्दैनन्।’
हिजोको माओवादी धारका क्रान्तिकारीहरुलाई गाली गरेर जनतामा भ्रम छरेको आरोप लगाए। उनले कम्युनिष्ट दलहरु अहिले पनि एकजुट हुन नसके अहिलेको व्यवस्था नै खतरामा पर्ने संकेत देखिसकेको टिप्पणी गरेर।