सरकारले सामाजिक सुरक्षा र समृद्धिका कार्यक्रम कटौती गर्न लागेको एमालेको आरोप – Nepal Press

सरकारले सामाजिक सुरक्षा र समृद्धिका कार्यक्रम कटौती गर्न लागेको एमालेको आरोप

सिन्धुपाल्चोक । नेकपा एमालेका नेताहरुले वर्तमान सरकारले एमालेले थालेको सामाजिक सुरक्षा र समृद्धि नेपालको खाका खारेज गर्न लागेको आरोप लगाएका छन् ।  मिसन ग्रासरुट तथा पार्टी स्थापना दिवसका अवसरमा बाह्रबिसे नगरपालिकामा आयोजित कार्यक्रममा नेताहरुले सरकारको आलोचना गरेका हुन् ।

एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले नेपाली जनतालाई मुक्ति दिलाउने र देशलाई समाजवादको बाटोमा डोहोर्‍याउने एकमात्र शक्ति एमाले रहेको बताए । उनले एमालेलाई आजको अवस्थामा ल्याइपुर्‍याउन निःस्वार्थ आफ्नो रगत पसिना बगाउने अग्रज एमालेका वास्तविक पथप्रदर्शक भएको बताए ।

अर्का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका एमाले नेता सरेश नेपालले नेपाली जनतालाई शोषण र उत्पीडनबाट मुक्ति दिलाउन एमालेले अथक प्रयत्न गरिरहेको बताए ।

प्रदेश कमिटी सदस्य तथा बाह्रबिसेका पूर्व मेयर निमफुन्जो शेर्पाले जेष्ठ नागरिक भत्ता काट्ने वर्तमान गठबन्धन सरकारको षडयन्त्रलाई जनताले असफल पारिदिने ठोकुवा गरे । प्रदेश सदस्य सुर्य लामाले श्रमजिवी जनताले संगठित भएमात्र लक्षमा पुग्न सकिने जिकिर गरे ।

पालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र राउतको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा रेसबहादुर लामा, बीरबहादुर धामी, थरीबहादुर तिमल्सिना, सिध्दिबहादुर रखाल,ताराबहादुर तामाङ, वाङ्नुर्पु शेर्पा, शिवबहादुर गुरुङ, लालबहादुर नेपाली, तिलकबहादुर राउत, नरबहादुर तामाङ, ठाकुरप्रसाद पौडेल, दावा लामा, मानबहादुर तिमल्सिना,डम्बरकुमारी भण्डारी, लालबहादुर तामाङ, मीनबहादुर श्रेष्ठ, टंक शेर्पा, कृष्णबहादुर पौडेल, कुमार श्रेष्ठ, नैनबहासदुर पौडेल, ताराचन्द्र ढकाललगायतका अग्रजलाई सम्मान गरिएको थियो ।

साथै निमपासाङ शेर्पा, भुपाल लामा, वीरेन्द्र मगर, धनमाया ढकाल, कृष्णबहादुर तिमल्सिना र बिन्द्रप्रसाद ढकाललाई मरणोपरान्त सम्मान गरियो । कार्यक्रममा पत्रकार माधव नेपाल,सुसिला पाख्रिन, डिबी तामाङ राजकुमार सुवेदीलगायतले अग्रजहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर