दाँत फुकाल्दा टोकेको भन्दै बालकमाथि चिकित्सकद्वारा कुटपिट
नेपाल प्रेस
२०८० वैशाख १० गते १८:३३
काठमाडौं । भक्तपुरको कमलविनायकमा उपचारका क्रममा टोकेको भन्दै चिकित्सकले बालकलाई कुटपिट गरेका छन् ।
दाँत फुकाल्न पुगेका बालकलाई पिटेको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेका छन् । भक्तपुर प्रहरी प्रमुख प्रजित केसीका अनुसार दाँत फुकाल्ने क्रममा बालकले हातमा टोकेपछि चिकित्सकले कुटपिट गरेको जानकारी पाएको बताए ।
‘हामीले चिकित्सकलाई बोलाएर बुझिरहेका छौं । घटनाबारे अनुसन्धान भइरहेको छ’, एसपी केसीले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर