आफ्नो उजुरीमाथि निर्णय नभएसम्म चितवनको मतगणना हुन नदिने कांग्रेसको अडान
नेपाल प्रेस
२०८० वैशाख १० गते २१:२५
काठमाडौं । चितवन २ मा भएकाे उपनिर्वाचनकाे मतगणाना आज नहुने भएको छ । भर्खरै सबै मतपेटिका भने मतगणना स्थल ल्याइएको छ । कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मत गणना हुन नदिने जनाएको छ ।
कांग्रेस सभापति राजेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारी विरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने बताए ।
मतगणना स्थलमा दलका प्रतिनिधिको उपस्थितिमा सर्वदलीय बैठक बस्ने तयारी छ । बैठकको निर्णय नआउँदै कांग्रेसले उजुरीको छिनोफानो भएपछि मात्रै मतगणना सञ्चालन हुन दिने बताएको हो ।
प्रतिक्रिया
One thought on “आफ्नो उजुरीमाथि निर्णय नभएसम्म चितवनको मतगणना हुन नदिने कांग्रेसको अडान”
Leave a Reply
सम्बन्धित खवर
हेर जनताले लात हानेर हराएकाहरू लाजै नमानी बहिस्कारको कुरा ! सच्चिने छाँट नै छैन । यिनलाई अब सिध्याउनु नै पर्छ । गठबन्धन नामको लुटेराहरूको झुण्ड नसिध्धिएसम्म देश उँभो लाग्दैन ।