मुख्यमन्त्रीमा माओवादीलाई छेक्न काठमाडौंमा गण्डकीका कांग्रेस सांसदको डेलिगेशन
पोखरा । गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार बनाउन गठबन्धनले पहल थालेका छन् ।
गठबन्धनका दलहरूबीच सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति हुन नसक्दा गठन प्रक्रिया भने अघि बढ्न सकेको छैन । कांग्रेस र माओवादी दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने चर्चा चलेसँगै कांग्रेसका नेताहरू काठमाडौं पुगेका छन् । कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आइतबार नै काठमाडौं पुगेका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर गण्डकीको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने माग गरे ।
कांग्रेसका अरु सांसदहरू पनि काठमाडौं लागेका छन् । कोही आइतबार र कोही सोमबार काठमाडौं लागेका छन् । उनीहरूले ८ सीट भएको माओवादीलाई कुनैपनि हालतमा सरकारको नेतृत्व दिन नहुने जोड दिएका छन् ।
यहाँ माओवादीसँग आलोपालो सरकार चलाउने सहमति भएको कांग्रेसका नेताले बताएका थिए ।