पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै निरुको आफन्तले गरे प्रदर्शन – Nepal Press

पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै निरुको आफन्तले गरे प्रदर्शन

काठमाडौं । कपनको सरस्वतीनगरमा निरा पाण्डे आर्चाय हत्याकाण्डको दोषी पत्ता लगाउन माग गर्दै प्रदर्शन भएको छ । पानीमा रुझदै मृतकका आफन्तहरुले आज दिउँसो सरस्वतीनगरमा १ घन्टासम्म सडक अबरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरेको आफन्तहरुको भनाइ छ । ५ दिन बित्दा पनि अझै केही तथ्य पत्ता लगाउन नसक्दा आन्दोलन गर्न बाध्य भएको आन्दोलनकारीले बताएका छन् ।

केही आफन्त र स्थानीयहरु मिलेर १ घण्टाआन्दोलन गरेका थिए । उनीहरुले हत्यारा सार्वजनिक गर्न माग गरे । आन्दोलनपछि बौद्ध प्रहरी चौकी घेराउ गर्न पुगे । आर्चायको ७ गते आफनै पसलमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर