बालेनले भने- मलाई सानैदेखि ट्रक ड्राइभर बन्न मन थियो, बन्नसक्छु (भिडिओ)
नेपाल प्रेस
२०८० वैशाख १२ गते १३:४५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कुनै पनि काम ठूलो-सानो नहुने बताएका छन् ।
मावि तहमा सीपमूलक कार्यक्रम सञ्चालनका लागि तालिम सुरू गर्दै उनले आफूलाई ट्रक ड्राइभर बन्न मन भएको बताएका हुन् ।
उनले भने, ‘म मेयर नभएको भए इन्जिनियरिङको काम गर्थे होला। इन्जिनियर नभएको भए म्युजिसियन हुन्थे होला । म्युजिसियन पनि नभएको भए मलाई सानैदेखि ट्रक ड्राइभर बन्न म थियो। ड्राइभर हुन्थे होला । म लास्टमा ट्रक ड्राइभर बन्नसक्छु । त्यो स्किल मसँग छ । मलाई गाडी चलाउन आउँछ ।’
प्रतिक्रिया
सम्बन्धित खवर