राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख – Nepal Press

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेका पौडेलको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

पौडेललाई यही वैशाख ६ गते एयर एम्बुलेन्सबाट नयाँदिल्ली लगिएको थियो ।

केही परीक्षण भइसकेको र केहीको भइरहेको भन्दै विज्ञप्तिमा राष्ट्रपति पौडेल एन्टिबायोटिक प्रयोगका कारण शारीरिकरूपमा केही शिथिलता भएपनि सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर