विश्वप्रकाशको प्रतिक्रिया- रुपान्तरित हुन सन्देश दिएको छ, अब नयाँ ढंगले जुट्नुपर्छ – Nepal Press

विश्वप्रकाशको प्रतिक्रिया- रुपान्तरित हुन सन्देश दिएको छ, अब नयाँ ढंगले जुट्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।

चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई रास्वपाले भारी मतान्तरले हराएपछि उनले यस्तो बताएका हुन् ।

उपचुनावमा विजयी हुनेहरूलाई बधाई दिँदै उनले भने, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’

देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्न अब नयाँ ढंगले जुट्ने बताएका छन् । मतदाताको प्रत्येक मतलाई सम्मान गर्दै अगाडि बढ्ने उनको भनाई छ ।

चितवन २ को उपनिर्वाचनमा महामन्त्री शर्मा आफैं चुनावी कमाण्ड सम्हाल्न पुगेका थिए । तर, रास्वपाका रवि लामिछानेसँग कांग्रेसका जितनारायण श्रेष्ठ ठूलो मतान्तरले पराजित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर