नेपालको खराब ब्याटिङ, गुमायो छैटाैं विकेट
नेपाल प्रेस
२०८० वैशाख १४ गते १०:४१
काठमाडौं । नेपालले २०.५ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको छ । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा तुलनात्मक रुपमा कमजाेर मानिएको कतारविरुद्ध नेपालको संर्घष अनपेक्षित छ ।
शीर्ष क्रमका दुई ब्याटर बाहेक अरुले दोहोरो अंकमा रन बनाउन नसकी आउट भएका छन् । छैटाैं विकेट गुमाउने क्रममा नेपालका साेमपाल कामी आउट भए ।
यसअघि कुशल मल्ल ओआसिस अहमेदको बलमा कट एन्ड बोल्ड भए । अहमेदले यसअघि, कप्तान रोहित पौडेलाई पनि कट एन्ड बोल्ड आउट गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर