बालाजुको कोत: धुकु पेट्रोल पम्प सिल (तस्बिरहरु)
२०८० वैशाख १४ गते १२:४३
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले आज बालाजुमा रहेको कोत: धुकु पेट्रोल पम्प सिल गरेको हो ।
मापदण्ड विपरित घरकाे सटरमा पेट्रोल पम्प सञ्चालन गरेकाे भन्दै महानगरले पेट्रोल पम्पमा सिल गरेकाे नगरप्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उक्त पेट्रोल पम्प घरकाे सडकपेटीमा सञ्चालन भइरहेकाे थियाे । जसकाे कारण पेट्रोल भर्नेहरुकाे लाइनले सडक जाम हुने गरेकाे थियाे ।
अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकले आरोप लगाए ।
प्रतिक्रिया
सम्बन्धित खवर