दलहरूको अकर्मण्यता र जनताको ‘व्यालेट विद्रोह’ – Nepal Press
विचार

दलहरूको अकर्मण्यता र जनताको ‘व्यालेट विद्रोह’

उपचुनावअन्तर्गत वैशाख १० मा सम्पन्न मतदानको भोलिपल्ट ११ गते पनि मतगणना हुँदै थियो । त्यही दिन कांग्रेस संसदीय दलको बैठक बसिरहेको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले ‘ठूला दलप्रति जनताको चासो देखिएन’ भनेर सटिक टिप्पणी गरे । राजनीतिक टिप्पणी कहिलेकाहीँ र थोरैमात्र गर्ने देउवाको यो विश्लेषणले उपनिर्वाचनको मूल सारंश बताएको थियो । उपनिर्वाचनको परिणाम पनि त्यही अनुसार नै आयो ।

उपनिर्वाचनले सबैभन्दा ठूलो घात कांग्रेसलाई नै पर्‍यो । राष्ट्रपति रामचन्द्र पौडेलको पुर्ख्यौली निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै थियो । कांग्रेसको लागि यो प्रतिष्ठाको लडाइँ नै थियो । राष्ट्रपतिकै निर्वाचन क्षेत्रमा चुनाव हारियो भने त्यसको नकारात्मक असर आगामी निर्वाचनमा पर्न सक्छ भन्नेमा कांग्रेस सचेत थियो । त्यही भएर उसले माओवादी, जसपा, नेसपालगायतका सत्ता साझेदार दलहरूसँग गठबन्धन पनि गरेको थियो । गत मंसिरको चुनावमा सुविधाजनक मतलाई जोगाउनमात्रै सके पनि आरामदायी जित हुनेमा ढुक्क कांग्रेसलाई परिणाम निराशाजनकमात्र होइन लज्जास्पद नै बनाइदियो ।

चितवनको निर्वाचन माहोल भने फरक थियो । अघिल्लो निर्वाचनमा सर्वाधिक मतान्तरले जित हात पारेका रवि लामिछाने पुन: मैदानमा थिए । ठूलो दलहरूको ध्याउन्न जित्नुभन्दा पनि मतान्तर घटाउनु थियो । तर, त्यहाँ पनि परिणाम अकल्पनीय नै आयो । लामिछानेले अघिल्लो चुनावमा भन्दा ५ हजार मत बढी पाए भने ठूला दलहरूले अघिल्लो चुनावको जति भोट पनि सुरक्षित गर्न सकेनन् ।

हुन त कांग्रेसले कमजोर उम्मेदवार उठाएको थिएन तनहुँमा । गोविन्द भट्टराई निकै निष्ठावान र आदर्शवान नेता मानिन्छन् । तर, तनहुँका जनताले त्यसलाई पनि स्वीकार गरेन । एमालेले पनि चितवन र बारामा कमजोर उम्मेदवार उठाएको थिएन । पार्टी राजनीति र जनजीविकाको सवालमा भिजेका लोकप्रिय उम्मेदवारद्वय रामप्रसाद न्यौपाने र पुरुषोत्तम पौडेललाई उमेदवार बनाएको थियो । तर, त्यसलाई पनि जनताले स्वीकार गरेन । किनकी त्यो फगत चुनावमात्र थिएन त्यो विद्रोह थियो । विद्रोहमा आफ्नो-विरानो छुटाइँदैन ।

बारामा गठबन्धनको जित त भयो, तर त्यसले ठूला दलको साखमा कुनै सुधार गर्न सक्ने हैसियत थिएन । कांग्रेसले आफ्नो उमेदवार नै उठाएन । एमालेले चुनाव लडे पनि तेस्रो स्थानमात्र प्राप्त गर्‍यो । एमालेलाई दोस्रो स्थानको जनमत पार्टीले दुई गुणा भन्दा बढी मतले पछि पारेको थियो । मुलुकको प्रधानमन्त्रीको पार्टीले त कुनै पनि निर्वाचन क्षेत्रको लागि उम्मेदवार नै उठाएन । तीनवटै उपनिर्वाचनमा साना दलहरूको सानदार दबदबा देखियो ।

यो निर्वाचन परिणामलाई राजनीतिक दल र तिनका नेतादेखि विश्लेषक, पत्रकार र सामाजिक सञ्चाल प्रयोगकर्ताहरू सबैले आ-आफ्नो ढंगले विश्लेषण गरिरहेका छन् । निश्चय नै यो निर्वाचन परिणाम एउटा ठूलो घटनाको पूर्वसंकेत त हो नै, यो वर्तमान अवस्थाको सादृष्य परिणाम पनि हो ।

व्यालेट विद्रोह

अहिले आम नागरिक मुलुकको अवस्था हेरेर ज्यादै आक्रोशित छन् । आर्थिक मन्दी र बेरोजगारिताले नागरिकको ढाड सेकिएको छ । विदेश पलायनको दर उच्च गतिमा बढिरहेको छ । अनि भ्रष्टाचार, कमिसनतन्त्र र घुसखोरीको प्रवेग पनि उत्तिकै बढिरहेको छ । राजनीतिक दल र तिनका नेताप्रति नागरिकको विश्वास लगभग शून्यको लेभलमा झरिसकेको छ । यो अवस्थामा आम नागरिकले कुनै न कुनै विद्रोहको बाटो रोज्न सक्छन नै । अहिलेलाई व्यालेट विद्रोहको बाटो रोजे ।

राणाहरूको निरंकुशतन्त्रबाट मुक्ति पाउन २००७ सालमा सशस्त्र विद्रोह भयो र प्रजातन्त्र आयो । पञ्चे र मण्डलेहरूको एकतन्त्रीय शासनबाट मुक्ती पाउन २०४६ सालमा जनआन्दोलन नामको विद्रोह भयो र बहुदलीय व्यवस्थाको पुनर्बहाली भयो । माओवादीको हिंसात्मक विद्रोह र ज्ञानेन्द्र शाहको असंवैधानिक शासनबाट मुक्ति पाउन २०६२/६३ मा दोस्रो जनआन्दोलन भयो र संघीय गणतन्त्रको स्थापन भयो । जब जनता आक्रोशित हुन्छन, केही न केही विद्रोह अवश्य हुन्छ र नयाँ परिवर्तन आउँछ नै ।

पहिलेका विद्रोहहरू व्यवस्था परिवर्तन गर्नका निम्ति भएका थिए । तर, समस्या भने व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन । सीमित नेता र राजनीतिक पहुँचका केही ठूला ठालु व्यक्तिहरूको अशोभनीय अवस्था परिवर्तन भयो । आम नागरिक भने विदेशी रेमिटेन्सको भर परेर बाँच्नु परेको छ । कुनै पनि नागरिकलाई विदेश गएर स्वाभिमान बेचेर पेट पाल्ने रहर पक्कै हुँदैन । तर, मुलुकको उच्च श्रम क्षमता उमेर समूहका अधिकांश नागरिक विदेशमा पसिना बगाइरहेका छन् । त्यो उनीहरूको बाध्यता हो, रहर होइन ।

यो निर्वाचन परिणामलाई राजनीतिक दल र तिनका नेतादेखि विश्लेषक, पत्रकार र सामाजिक सञ्चाल प्रयोगकर्ताहरू सबैले आ-आफ्नो ढंगले विश्लेषण गरिरहेका छन् । निश्चय नै यो निर्वाचन परिणाम एउटा ठूलो घटनाको पूर्वसंकेत त हो नै, यो वर्तमान अवस्थाको सादृष्य परिणाम पनि हो ।

राजनीतिक दलप्रति जनताको विश्वास थियो भने व्यवस्था बदलिसकेपछि अवस्था पनि बदलिन्छ । मुख्य गरेर रोजगारी र राष्ट्रिय उत्पादनमा उल्लेख्य सुधार आउनेछ । तर, राजनीतिक दलहरू विगत एक दशकदेखि लगातार सत्ताको खिचातानीमा लडिरहेका छन । राजनीतिक स्थायित्व र स्थिरता भन्ने पटक्कै भएन । सत्ता प्राप्तिको वरिपरि नै दलहरू सारा शक्ति लगाएर भिडिरहेका छन् । यही सत्ता र शक्तिको लोभमा राजनीतिक दलले आफ्नो नीति र सिद्धान्त नै भुलिसकेका छन ।

दलहरूको यो अकर्मण्यताबाट मुक्ति पाउन जनताले विद्रोहको बाटो खोजिरहेका छन । त्यो विद्रोहको एउटा प्रारूप हो व्यालेट विद्रोह । लोकतन्त्रमा व्यालेट विद्रोह सबैभन्दा शक्तिशाली र सर्वमान्य हुन्छ । त्यसको प्रयोग तनहुँ र चितवनका जनताले सफलतापूर्वक गरे । निर्वाचनमा आफ्नो मत जाहेर गरेर परम्परागत शक्तिलाई धूलोपीठो पारे ।

हुन त कांग्रेसले कमजोर उम्मेदर उठाएको थिएन तनहुँमा । गोविन्द भट्टराई निकै निष्ठावान र आदर्शवान नेता मानिन्छन् । तर, तनहुँका जनताले त्यसलाई पनि स्वीकार गरेन । एमालेले पनि चितवन र बारामा कमजोर उम्मेदवार उठाएको थिएन । पार्टी राजनीति र जनजीविकाको सवालमा भिजेका लोकप्रिय उम्मेदवारद्वय रामप्रसाद न्यौपाने र पुरुषोत्तम पौडेललाई उमेदवार बनाएको थियो । तर, त्यसलाई पनि जनताले स्वीकार गरेन । किनकी त्यो फगत चुनावमात्र थिएन त्यो विद्रोह थियो । विद्रोहमा आफ्नो-विरानो छुटाइँदैन ।

जनतालाई व्यालेट विद्रोहमा लैजाने काम राजनीतिक दलले नै गरेका हुन् । विगत तीन वर्षदेखि राजनीतिक दलहरू गठबन्धन नामको फोहोरी राजनीतिको अभ्यास गरिरहेका छन् । यो गठबन्धन राजनीतिमा दलहरूले आ-आफ्नो राजनीतिक सिद्धान्त, नीति र कार्यक्रमलाई तिलाञ्जलि दिएर सत्ता र शक्तिको लागि नांगो खेल खेल्छन् । एकताका वर्गीय दुश्मनको रूपमा एकअर्कालाई परिभाषित गरेका, एकले अर्काको टाउकाको मोल तोकेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड अहिले एक अर्का विना बाँच्नै नसक्ने प्रेमजोडी जस्तै भएका छन् । उहाँहरूले जारी गरेको फर्मानलाई कार्याकर्ताहरूले नचाहेर पनि शिरोधर गर्नुपर्ने बाध्यता आएको छ । जब आफूले नचाहेको चिन्हमा भोट खसाउन बाध्य हुनुपर्छ भने आफूले चाहेको चिन्हमा भोट खसाल्न स्वतन्त्र किन नहुने ? त्यही भएर जनताले घण्टीमा भोट खसाए । यो आफ्नै पार्टी विरुद्धको विद्रोह थियो ।

घण्टीको सन्देश

लोकतन्त्रमा जनता सार्वभौम हुन्छन् । तर, हामीले अहिलेसम्म अभ्यास गरिरहेको लोकतन्त्रमा जनता दासमात्र भएका छन् । राजनीतिक दलले आफ्नो सिन्डिकेटभित्र जनताको मतलाई कैद गरेर राखेका छन् । दलले उठाएको उमेदवार चोर, डाका, ठग, हत्यारा, भ्रष्टाचारी, कमिसनखोर जे जस्तो भए पनि आँखा चिम्लेर भोट हाल्नै पर्ने दासत्वमा जनताको मतलाई बन्दी बनाइएको छ । सबै नागरिकलाई सही उमेदवार छनौट गर्ने न्यूनतम अधिकारबाट समेत वञ्चित गर्ने लोकतन्त्र हामी मानिरहेका छौं ।

तनहुँ र चितवनको उपनिर्वाचनको परिणामले दासत्वपूर्ण लोकतन्त्रको अन्त्यको शंखघोष गरेको छ । बारामा पनि परम्परागत दलको विरुद्धमा नयाँ दल जनमत पार्टीले चुनौतीपूर्ण मत ल्याउन सफल भए । तीन वटै उपनिर्वाचन क्षेत्रमा नयाँ दलले ल्याएको मत अविश्वसनीय र अकल्पनीय थियो । ठूला दललाई यो त्यति ठूलो चुनौती त होइन तर आगामी चुनावमा यसको निरन्तरता भयो भने त्यो चाहिँ अवश्यक चुनौतीपूर्ण हुनेछ ।

जनता अहिले परम्परागत दलहरू र तिनका राजनीतिबाट वाक्क दिक्क भएका छन । यसबाट मुक्तिको खोजीमा जनता भौतारिरहेका छन । जनताको यही मनोविज्ञान बुझेर पूर्वराजा पनि यदाकदा सक्रिय राजनीतिमा आउने संकेत स्वरूप कथित अभिनन्दन र सवारीको नाटक गरिरहेका छन् । जनताको निरासा चुलिँदै गइरहेको अवस्थामा पूर्वराजाले पनि राजनीतिक स्थान बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

वास्तवमा जनतालाई व्यालेट विद्रोहमा होमिन सामाजिक सञ्जालले नै प्रोत्साहन गरिरहेको छ । फेसबुक, ट्वीटर, टिकटक आदि सञ्जालमा देशका प्रमुख दल र तिनका नेताप्रति अधिकतम घृणा र आक्रोशमात्र पोखिएका भेटिन्छन् । उनीहरूले नेतृत्व गरेको राजनीतिप्रति अविश्वास र असहमतिको बुलन्द आवाज छ सञ्जालमा ।

जे होस् नेपाली राजनीतिमा परिवर्तनको घण्टी बजिसकेको छ । हुन त गत सालको स्थानीय चुनावमा काठमाडौंबाट बालेन साह, धरानबाट हर्क साम्पाङ, भोजपुरबाट दौलथ कुलुङ, धनगढीबाट गोपाल हमाल आदिले जनाउ घण्टी बजाइसकेका थिए । त्यसपछि गएको असारमा मात्र स्थापना भएको ५ महिने कलिलो शिशु दल राष्ट्रिय स्वतन्त्र पार्टीले दलहरूलाई सचेतना सहितको घण्टी बजाइदिएकै हो । तर, दलहरुले सुन्न चाहेनन् वा सुनेनन् ।

यो उपनिर्वाचनमा बजेको घण्टीको आवाजलाई भने प्रमुख दल र तिनका नेताले बेवास्ता गर्ने छुट छैन । यसले के खतराको संकेत गर्दैछ भने आगमी निर्वाचनमा यो व्यालेट विद्रोहको निरन्तरता अझ प्रभावकारी र भयानक रूपमा हुनेछ । यदि त्यस्तो भयो भने केही प्रमुख दलहरूलाई त अस्तित्वकै संकट पनि आउन सक्छ । यसलाई अन्तिम पाठको रूपमा लिएर दलहरुले सच्चिने मार्ग आजैदेखि कोर्न जरुरी छ । जनजिवीकाको सवाल, भ्रष्टाचार र कमिसनतन्त्रको अन्त्य, रोजगारीको सिर्जना, जनचाहना अनुरूपको जनप्रतिनिधि नै मुख्य सुधारका विषय हुन् । दलहरु यी विषयमा जनताले प्रष्ट देख्ने गरी सुधारउन्मुख भएनन् भने अवस्य व्यालेट विद्रोहको सिकार हुनेछ्न् ।

शक्तिशाली सामाजिक सञ्जाल

वर्तमान समाज सामाजिक सञ्जालद्वारा निर्देशित छ । सामाजिक सञ्जाललाई नजरअन्दाज गरेर कोही पनि व्यक्ति यो समाजमा स्थापित हुन अहिले मुश्किल छ । प्रत्येक व्यक्तिको हातमा मोबाइल छ र मोबाइलमा सामाजिक सञ्जालको शासन छ । अनि सामाजिक सञ्जालभर व्यालेट विद्रोहको आवाजमात्र गुञ्जायमान छ । अरुका कुरा छाडौं दलका कार्याकर्ताहरू आफ्नै दल-नेताप्रति तीव्र आक्रोश पोखिरहेका छन् । समाजका प्रभूत्व वर्गदेखि उच्च तहका राष्ट्रसेवक कर्मचारीसमेत वर्तमान राजनीतिसँग घोर असन्तुष्ट छन् । यी सब कुरा सामाजिक सञ्जालमा नै पोखिन्छन् ।

वास्तवमा जनतालाई व्यालेट विद्रोहमा होमिन सामाजिक सञ्जालले नै प्रोत्साहन गरिरहेको छ । फेसबुक, ट्वीटर, टिकटक आदि सञ्जालमा देशका प्रमुख दल र तिनका नेताप्रति अधिकतम घृणा र आक्रोशमात्र पोखिएका भेटिन्छन् । उनीहरूले नेतृत्व गरेको राजनीतिप्रति अविश्वास र असहमतिको बुलन्द आवाज छ सञ्जालमा । सञ्जालमा पोखिने विचार जनताको वास्तविक मनको विचार हुन्छन । भलै ती निजी विचार हुनसक्छन् । तर, सञ्जालमा व्यक्त गरिएको अभिमत चुनावमा व्यालेट पेपरमा जनमतको रूपमा व्यक्त भए ।

ध्वंस भइसकेपछि नयाँ निर्माण कस्तो हुन्छ भन्ने अनुमान गर्न सकिन्न तर विद्रोहले ध्वंस चाहीँ अवश्य गर्छ । यो व्यालेट विद्रोहको झिल्कोलाई यही निभाउने कि फैलन दिने भन्ने कुरा प्रमुख दलहरूको व्यवहार र भूमिकामा नै निर्भर छ ।

सामाजिक सञ्जालको दोस्रो महत्वपूर्ण पाटो के हो भने वैदेशिक रोजगारीमा गएका युवाहरूको भर्चुअल हस्तक्षेप हो । वैदेशिक रोजगारीमा गएका अधिकांश युवा मुलुकको शासन व्यवस्था, शासकीय पद्धति र शासक वर्गसँग पूरापूर असन्तुष्ट छन् । उनीहरू शासकहरूकै अकर्मण्यताका कारण आफूहरू विदेशिनु परेको ठान्छन् । त्यसैले निर्वाचनको समयमा उनीहरूले विदेशबाटै ठूला दलहूलाई भोट नहाल्न र नयाँ दल र नेतालाई समर्थन गर्न आव्हान गरिरहेका हुन्छन्, आफ्ना घर परिवार र छिमेकीहरूलाई ठाडो आदेश नै दिइरहेका हुन्छन् । रेमिटान्सले धानेको हाम्रो समाजमा उनीहरूको कुरा नसुन्ने सवाल नै हुन्न ।

एक हिसाबले मुलुकमा व्यालेट विद्रोहको शिलान्यास भइसकेको छ । यो विद्रोह सफल भयो भने नयाँ शासन पद्धति, नयाँ दल र नयाँ नेतृत्व स्थापित नै हुन्छ भन्ने ग्यारेन्टी त छैन तर पुराना दल र नेता भने अवश्य लोप हुनेछन् । किनकी विद्रोहको प्राथमिक उद्देश्य भनेको ध्वंस हो । ध्वंस भइसकेपछि नयाँ निर्माण कस्तो हुन्छ भन्ने अनुमान गर्न सकिन्न तर विद्रोहले ध्वंस चाहीँ अवश्य गर्छ । यो व्यालेट विद्रोहको झिल्कोलाई यही निभाउने कि फैलन दिने भन्ने कुरा प्रमुख दलहरूको व्यवहार र भूमिकामा नै निर्भर छ ।


प्रतिक्रिया

One thought on “दलहरूको अकर्मण्यता र जनताको ‘व्यालेट विद्रोह’

  1. #नयाँ_राजनीति
    भन्छन् व्यालेट विद्रोह
    गन्तव्यको कुनै पत्तो छैन्।
    भन्छन् नयाँ हौं हामी
    के कुरा नयाँ हो छुट्टिदैन्।
    गर्छन् संविधानवादको कुरा
    राजनैतिक दर्शन थाहा छैन्।
    भन्छन् अरू जति सबै खराब
    आधार के हो असलको छुट्टिदैन्।
    भन्छन् अरू सबैलाई भ्रष्टचारी
    आफ्नै आय श्रोत कुनै पारदर्शी छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *