ओलीको टिप्पणी- कोशीमा प्रचण्डले सस्तो राजनीति गरे, एस बुर्जुवाहरूभन्दा बढी साम्प्रदायिक पल्टियो – Nepal Press

ओलीको टिप्पणी- कोशीमा प्रचण्डले सस्तो राजनीति गरे, एस बुर्जुवाहरूभन्दा बढी साम्प्रदायिक पल्टियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एस एमाले सिध्याउँछु भनेर बुर्जुवाहरूको पछिपछि हिँडेको टिप्पणी गरेका छन् ।

इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैंठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी नामकरणको विषयमा नेकपा एसबाहेक सबैले समर्थन गरेको बताए ।

उनले भने, ‘त्यो पार्टी बुर्जुवाहरूको भन्दा बढी साम्प्रदायिक पल्टिएर कोशी प्रदेश हुँदैन भनेर विरोध गर्‍यो । ४ जना मान्छेले बाहेक कोशी प्रदेशको पक्षमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादीलगायत सबैले एकतमले भोट हाले ।’

प्रक्रियाबाट टुंगिएपछि व्यक्ति र जातविशेषको भनेर भड्काउन नमिल्ने उनको भनाई थियो । असहमति भए छलफलबाट जनतालाई मनाएर अर्को पटक चुनाव जितेर दुईतिहाइ पुर्‍याएर परिवर्तन गर्न उनले चुनौती दिए । तर, हिंसात्मक क्रियाकलाप स्वीकार्य नहुने ओलीको भनाई छ ।

उनले भने, ‘माओवादीले प्रदेशसभामा हुन्छ भनेर पास गर्‍यो । पास गरिसकेपछि बैठक बसेर प्रचण्डहरूले कोशी प्रदेश हुनु हुँदैनथ्यो गल्ती भयो भनेर वक्तव्य दिए । प्रचण्डले गतल नीति लिएर सस्तो राजनीति गर्न खोजेको हो । हामी अवसरवादी र क्षणिक भोटको राजनीति गर्दैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर